काठमाडौं/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गठन गरेको जिल्ला जनपरिषद चितवनले सबै जनप्रतिनिधिलाई राजीनामा दिन पत्र पठाएको छ ।

यस्तो पत्र भरतपुर नगरपालिकाकी मेयर रेणु दाहालको नाममा पनि काटिएको छ ।

दाहालसहित जिल्लाका सबै स्थानीय प्रतिनिधिका कार्यालयमा पत्र पठाइएको छ ।

जिल्ला जनपरिषद् प्रमुख नवराज पौडेलले हस्ताक्षर गरेको पत्र शुक्रबार चितवनका सबै स्थानीय तहका जनप्रतिनिधिकहाँ पठाइएको सो पार्टीको दावी छ ।

बागगठबन्धनको सरकार गठनपछि सरकार र विप्लवको पार्टीवीच तनाव बढेको छ ।

एक पुरानो मुद्दामा विप्लवमाथि पक्राउ पुर्जी जारी गरिएको छ ।

विप्लव भूगित भैसकेका छन् ।

यस अघि पनि विप्लवको पार्टीले केही जिल्लामा स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन भन्दै पत्र पठाएको छ ।

घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई पनि विप्लवको पार्टीले राजीनामा नगरे कारवाही गर्ने पत्र पठाएको थियो ।

त्यसको केही दिनमा चौधरीमाथि गोली प्रहार भएको थियो ।

तर, विप्लवको पार्टीले भने यसको जिम्मा लिएको छैन् ।