नीता भन्छिन् ” ‘पञ्चायत’ मा म निर्वस्त्र भएको होईन”

  • चैत्र ४, २०७४
  • ब्लाष्ट खबर

शुक्रबारबाट रिलिज भईरहेको चलचित्र ‘पञ्चायत’ मा नायिका नीता ढुंगानाको अलिक फरक भुमिकामा देखिएकीछिन् । चलचित्रमा ५० बर्ष अघि नेपालमा व्याप्त सामाजिक मान्यता , किशोरीहरुको यौन मनोविज्ञान र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई उठान गरिएको छ ।

नीता ढुंगाना , सरोज अधिकारीको मुख्य भुमिका रहेको यस चलचित्रमा ‘पञ्चायत’ मा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको पनि अभिनय छ ।

सबै कलाकारहरुले उत्कृष्ट काम गरेका छन् । तर नायिका नीता ढुंगानाको अभिनयले भने धेरैको प्रशंसा पाएको छ । चलचित्रको एक दृश्यमा नीता निर्वस्त्र देखिएकीछिन् ।

तर उनले चलचित्रमा आफुले निर्वस्त्र नभई निर्देशक र सिनेमेट्रोग्राफीले टेक्निङले उक्त दृश्य निर्वस्त्र जस्तो देखिएको बताएकीछिन् । उनले भनिन् “त्यो दृश्य निर्वस्त्र पनि होइन । निर्देशक र सिनेमेट्रोग्राफीको कमालले दर्शकलाई त्यस्तो भान गराउँछ” ।

शिवम अधिकारीले निर्देशन ‘पञ्चायत’ गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । चलचित्रलाई भिआईपीहरुले सकरात्मक प्रतिक्रिया भने उत्कृष्ट भएको प्रतिक्रिया दिईसकेका छन् । स्मरण रहोस नीताले यही चलचित्रबाट “सान फ्रान्सिस्को चलचित्र महोत्सव” मा “उत्कृष्ट मुख्य अभिनेत्री” को अवार्ड जितिसकेकीछिन् ।