विराटनगर - प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ ।
आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको प्रहरी अनुसन्धानले देखाएको छ । चीनको केरुङ नाका हुँदै तस्करी गरेर नेपाल भित्राएको उप्रेतीको साढे ३३ किलो सुन हराएको विषयमा विवाद भई हत्या गरेको खुलेको मोरङ प्रहरी प्रमुह एसपी अरुणकुमार बीसीले बताए । उनका अनुसार करेन्ट लगाएर यातना दिने क्रममा शाक्यको फागुन १८ गते उर्लाबारीको सोल्टी खोला किनारको जंगलमा मृत्यु भएको थियो । उनको शव गायब बनाउने प्रयास गरेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ । अन्नपूर्ण पोस्टको  समाचार