नयाँ दिल्ली/ भ्यालेन्टाइन डे को दिनदेखि इन्टरनेटमा भाइरल भएकी ईन्टरनेट क्वीन प्रिया प्रकाशको चर्चा आजको दिनसम्म आईपग्दा समेत रोकिएको छैन । आज सम्म पनि प्रियाको जादूको विषयलाई लिएर बलिउडमा चर्चा गर्ने गरिएको छ । प्रिया आफ्नो पहिलो फिल्म 'उरू आदर लव'को गीतको एउटा सानो क्लिपबाट रातारात चर्चित बन्न पुगिन् ।

दिल्लीबाट प्रकाशित हुने मेनस्ट्रिम मिडियामात्रै होईन कि नेपाल भारत र पाकिस्तानका सामाजिक सञ्जालमा समेत प्रियाको आँखाको जादूको चर्चा चलिरहेको छ । नेपालमा त प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा र पूर्व प्रधानमन्त्री प्रचण्डको फोटोसँग जोडेर अनेकानेक हास्यव्यंग्यात्मक भिडियो समेत देखाउने गरिएको थियो ।

रमाईलो कुरा त यो छ कि उनको यो जादूले बलिउडका कतिपय स्टार कलाकारले समेत उनीसँग फिल्म खेल्नको लागि आफू ईच्छुक रहेको भनेर कयौं ठाउँमा बताउँदै हिँडेका छन् । बलिउडमा उनको यो नशालु आँखाका कारण महासंग्राम नै चलेको छ ।

नवभारत टाईम्समा उल्लेख भए अनुसार फिल्ममेकर करण जौहर तथा साजिद नाडियाडवालाको सम्बन्धमा त प्रियाको विषयलाई लिएर महासंग्राम नै सुरु भएको छ । प्रियाको भिडियो भाइरल भएपछि उनलाई दक्षिण भारत तथा वलिउडमा अन्य फिल्ममा समेत अभिनय गर्नको लागि सयौं प्रस्ताव आउने गरेको छ ।