चक्रघट्टि ।सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ११ इक्राइ बस्तिमा शनिवार राति साढे ८ बजे भिषण आगलागी हुँदा १ करोड ३७ लाख बराबरको क्षति भएको छ । मधुवन ११ का पुरन चौधरीको घरबाट बिधुत सर्ट भई आगलागी हुदा उक्त ६२ परिवारको ८० घर,टहरा जलेर नष्ट भएको छ । आगलागीबाट पुरै बस्ती नै सखाप भएको छ । उक्त आगलागीबाट चौपाया गाई १, बाछा २, बाखा्र १५,जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्न जाने क्रममा एउटा सिलिन्डर पडकेर कोशी गाउ पालिका बस्ने ४१ बर्षिय प्रभु सर्दार घाइते भएका छन् उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । राति ८ बजे लागेको आगो इटहरी,धरान,इनरुवा , दुहवी राजविराजका ५ वटा दमकल तथा नेपाली सेना ,शसस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानिय बासीहरुको सक्रियतामा राति साढे ११ बजे आगोलाई पुर्ण रुपमा नियन्त्रण गर्न सफल भएको ११ नं वडा अध्यक्ष केदार बिष्टले बताएका छन् । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले यस क्षेत्रको स्थलगत अनुगमन गरी राहत वितरण गरेका छन् । कार्यपालिकाको बैठकबाट दमकल किन्ने प्रस्ताव पारित भएकाले यसै आर्थिक बर्ष भित्र दमकल खरिद गर्ने खनालले बताएका छन् ।