तरहरा/ एक नम्बर प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एस ईई) को तयारी पुरा भएको छ । संघियता कार्यन्वयन भएको पहिलो बर्ष एक नम्वर पदेशमा परिक्षाको तयारी पुरा भएको क्षेत्रीय शिक्षा निर्देशानालय धनकुटाले जनाएको हो । अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष प्रदेश एकमा माध्यामिक शिक्षा परीक्षा दिने विद्यार्थीहरुकोे संख्या घटेका छ ।

प्रदेश नम्बर एकको १४ जिल्लाबाट एक ८३ हजार ८ सय ६५ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुने छन । विगत ५ वर्ष यताकै परीक्षा दिने विद्यार्थीको संख्या थोरै भएको क्षेत्रीय कार्यलयले जनाएको छ । यो वर्ष प्रदेश एकमा सबैभन्दा थोरै विद्यार्थी सोलुखुम्वुमा १ हजार ८ सय ७४ जना परीक्षामा सहभागी हुने छन भने सबै भन्दा धेरै मोरङ जिल्लाबाट १७ हजार ७ सय ८९ जना विद्यार्थीहरु सहभागी जनाउँने क्षेत्रिय शिक्षा निर्देशानालय धनकुटा परिक्षा शाखाका दिपक श्रेष्ठले बताए ।

त्यस्तै ताप्लेजुङमा २ हजार ३ सय ९९ जना विद्यार्थी सहभागी हुने भएका हुन । पाँचथरमा ४ हजार ३ सय १५ जना,इलाममा ५ हजार १ सय २० जना,झापामा १६ हजार ७९ जना,खुवासंभामा २ हजार ५ सय ८४ जना,तेह्थुममा १ हजार ९ सय ७३ जना,त्यस्तै धनकुटामा ३ हजार ११ जना, भोजपुरमा ३ हजार २ सय ४७ जना,सुनसरीमा १२ हजार ५ सय ९७ जना,खोटाङमा ४ हजार २ सय ७८ जना विद्याथीहरुले परीक्षामा सहभागी हुने छन । ओखलढुगांमा ३ हजार ५६ जना ,उदयपुरमा ५ हजार ५ सय ६२ जना विद्याथी माध्यामिक शिक्षा परीक्षामा सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशानालयका श्रेष्ठले बताए ।

ग्रेड लागु भए देखि परीक्षार्थीहरु घटेको क्षेत्रीय शिक्षाले जनाएको छ । २०७२ को एसएलसी परीक्षामा एक लाख ४१ हजार ६ सय ४७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यस मध्ये नियमित तर्फ तर्फ ९७ हजार १ सय ७३ र एक्ज्यामटेट तर्फ ४४ हजार ४ सय ७४ जना विद्यार्थी परीक्षाको लागी ४ सय ७० केन्द्र तोकिएको थियो । त्यस्तै २०७१ सालको एसएलसीमा ४ सय ५५ केन्द्र सहित पूर्वबाट ९० हजार ९ सय ७० नियमित र ४१ ह्जार ८ सय ८६ जना एक्ज्यामटेट सहभागी थिए ।

२०७० सालमा ४ सय ४९ केन्द्र सहित ९२ हजार ४ सय ६३ जना नियमित र ४२ हजार ४२ हजार १८ एक्ज्यामटेट विद्यार्थीहरु एसएसली परीक्षामा सहभागी भएको क्षेत्रीय शिक्षा निर्देशानालयको तथ्याकले देखाउँछ । २०७३ एस ई ई परीक्षामा एक लाख १६ हजार ८ सय ७५ जनाले परिक्षा दिएका थिए ।