धनकुटा/ धनकुटा नगरपालिकाकाप्रमुखचिन्तनतामाङले आगामी एक वर्ष भित्रमा धनकुटा नगरपालिकाको १० वटै वडालाई खरको छाना रहितनगर बनाउने घोषणा गरेका छन् ।

मधुगंगा समाज सेवा संघ धनकुटाले सनिवार आयोजना गरेको “सामाजिकअन्याय र गरिबी विरुद्धको अभियान”भन्ने मुल नाराको साथ “संघिय संरचनामा गैह्र सरकारी संस्थाहरुको भुमिका”विषयकअन्तरसम्वादकार्याशालागोष्ठीलाई सम्वोधनगर्दै नगर प्रमुखतामाङले यस्तो वताएकाहुन् ।

सो अवसरमावोल्दै प्रमुखतामाङले धनकुटा नगरपालिकाको वार्षिक स्वीकृतअतिगरिब लक्षितआवास सहयोग साझेदारी कार्यक्रम अन्तर्गतनिःशुल्क कर्कटपाता वितरण गर्न लागीएको बताएका छन् । तामाङले यो वर्ष धनकुटा नगरपालिकाको वडा नं.८ का विपन्नअतिगरिब लक्षितआवास सहयोग साझेदारी कार्यक्रमअन्तर्गत ०.४१ एम.एम. बाक्लो (२६ गेज) को रंगिन जस्ता पाता (CGI Sheet) वितरण गर्ने तयारीमा रहेको पनिजानकारी सो अवसरमादिएका छन् ।

कार्यक्रमकाप्रमुखअतिथि समेत रहेका तामाङले खरिद गर्ने कार्यको लागी धनकुटा नगर कार्यपालिकाको स्वीकृत बार्षिक कार्यक्रमअनुसार आ. व. ०७४–०७५ माअतिगरिब लक्षितआवास सहयोग साझेदारी कार्यक्रमअन्तर्गत जस्ता पाता (CGI Sheet) खरिद गर्न प्रधान सप्लार्यस, धनकुटा नगरपािलका वडा नं.५ लाई दिएकोमा सप्लार्यसले ५२ लाख, १० हजार,७३ रुपयाँमा जस्ता खरिद समेत गरि सकिएको बताए । तामाङले वितरण गर्नको लागीहाल धनकुटा नगरपालिका वडा नं.८ को अतिविपन्न आठपहरिया वस्तीहरुमा घरधुरीको डाटा संकलनकार्य नगर कार्यपालिकावोर्ड सदस्य सुर्य आठपहरियाको संयोजकत्वमा गठित समितिले अघि वढाईरहेको बताएका छन् ।

उनले संघिय संरचनाअन्तर्गत शिक्षा ऐन बनीनसकेकाले धनकुटा नगरपालिकातत्कालको लागीशिक्षाकार्यविधिपास गरेर नगर स्तरिय शिक्षा समिति र वडा स्तरिय शिक्षा समितिमार्फत शिक्षा क्षेत्रको काम अघि वढाइ रहेको वताएका छन् । साथै उनले अवको नयाँ संरचानमा धनकुटा नगरलाई कस्तो वनाउने भन्ने प्लानिङ्ग भै रहेको र आगामीवर्षको अन्त्यसम्ममा धनकुटा नगरपालिकाको विकासको स्वरुप पुर्ण रुपमाप्लानिङ भएर आउने वताएका छन् ।

उनले नगरपालिकावाट अनुदान रकमलिएर कार्यक्रम संचालनगर्ने सवैखाले सामाजिक संघसंस्थाहरुले आफ्नो संस्थाले गरेको वर्ष भरीको कार्यक्रमको प्रतिवेदन यो वर्ष देखीअनविार्य रुपमावुझाउनु पर्ने पनि स्पष्ट पारेका छन् ।

निःशुल्क जस्ता वितरण गर्न डाटा संकलनगर्न गठित समितिका संयोजक सुर्य आठपहरियाले भने हाललागत संकलनकार्य भैरहेको वताएका छन् । उनले जम्मा १ सय ३० घरधुरीले जस्ता पाउने निर्णय भएअनुसार हाल सम्म ४० घरधुरीको डाटा संकलनगरिसकिएको र वाँकी चैत्र मसान्तभित्र सम्पन्नगर्ने वताएका छन् । डाटा संकलनगर्दा प्राविधिक सहितको टोली रहेको हुँदा केही समय लाग्ने वताएका छन् । को कस्ले जस्ता पाउँछन् भन्ने विषयमा समितिले स्थलगतअनुगमन र मुल्याङ्गकन गरेर मात्र निर्णय गर्ने पनि स्पष्ट पारेका छन् ।

त्यसैगरी सो अवसरमा धनकुटा नगरपालिका वडा नं.७ का वडाध्यक्ष जंङ्गवहादुर आठपहरियाले चालु वर्षको स्वीकृत कार्यक्रमअनुसार वडा नं.७मा २७ वटा योजना संचालन रहेको वताएका छन् । उनले संचालित योजनामध्ये कतिपयआयोजनाहरु सम्पन्न भै सकेको र कतिपय योजनाहरु निर्माणको चरणमा रहेको पनि स्पष्ट पारेका छन् ।

सो अवसरमाअन्तरसम्वादकार्यक्रममा सहभागीहरु माझ स्थानियतहको विकासमानागरिक समाजको भुमिका, स्थानियतहको विकास र आर्थिक समृद्धिमा गैससको भुमिका र स्थानियतहको योजनाकार्यन्वयनमा गैससको भुमिकाभन्ने छट्टाछुट्टै विषयमा समुहगत छलफल समेत संचालनगरिएको थियो । समुहगत छलफलमा सहभागीहरुले समुहगत रुपमा स्थानियतहमा गैससलाई हेर्नको लागी छुट्टै डेक्स राख्नु पर्ने माग समेत गरेका छन् ।

सो अवसरमा गैसस महासंघ धनकुटाका अध्यक्षशोविस चेम्जोङ्गले धनकुटा जिल्लामा ०४६ साद देखी ०७३ सालको असार मसान्तसम्ममा ६ सय ७ वटा संस्थादर्ता भएर संचालनमा रहेको जनाकारी दिएका छन् । दर्ता भएकाअधिकांस संस्थाहरु संस्थादर्ता ऐन २०३४ अनुसार संचालनमा रहेको र जसमा १ हजार, ९ सय ८७जनाले सदस्यतालिएर कामगरिहेको वताएका छन् । उनले जसमध्ये १ हजार, ४ सय ८४ पुरुष र ४ सय ३ जनामहिला रहेको वताएका छन् । धनकुटामाक्रियाशिल रहेका संस्थाहरु मध्ये १६ वटा संस्थाले भने आर्थिक विनियम समेत वनाएर कामगरिहेको वताएका छन् ।

मधुगंगा समाज सेवा संघका अध्यक्ष डिल्लीश्वर दर्नालको अध्यक्षतामा सम्पन्नअन्तरसम्वादकार्याशालागोष्ठीमा कार्यक्रमकाऔचित्यमाथि गैससकर्मि जयपुर्ण भुजेलले प्रकास पारेका थिए । स्वागतमन्तव्यद्रोर्ण प्रसाद गुरागाँइले राखेका थिएभने कार्यक्रमको संचालन संघका कोषाध्यक्षइन्द्र वहादुर पोखरेलले गरेका थिए । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा संचालनगरिएको कार्यक्रममाजिल्लाक्रियाशिल गैससमा आवद्ध गेससकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।