काठमाडौं/ विकास आचार्यले निर्देशन गरेको ‘नाइँ नभन्नू ल ४’ बाट रजतपटमा प्रवेश गरेकी नायिका आँचल शर्माको आज जन्मदिन । प्रदीप भट्टराई निर्देशित ‘शत्रु गते’ की नायिका आँचल आजदेखि २१ वर्ष लागेकी छन् । काठमाडौंमा जन्मिएकी आँचल पाँच फिट ६ इन्च अग्ली छन् ।

मिस प्लस २ ब्युटी पेजेन्टको उपाधि जितिसकेकी आँचलले ‘नाइँ नभन्नू ल ४’, ‘जेन्टलमेन’ र ‘शत्रु गते’ खेलेकी छन् । संयोग नै मान्नुपर्छ यी तीनवटै चलचित्रमा नायिका पल शाह रहेका छन् ।

नेपाली सिने क्षेत्रमा आँचल र पलबीच प्रेम सम्बन्ध रहेको चर्चा बाक्लो छ । आँचल अभिनित ‘शत्रु गते’ यही चैत ९ गतेदेखि देशभर रिलिज हुँदैछ । मह सञ्चारले निर्माण गरेको ‘शत्रु गते’ मा खेल्न पाउनुले पनि उनको लोकप्रियता बढ्दो छ ।