धरान/ सनराइज बैंकको धरानस्थित शाखामा रहस्यमय चोरी भएको छ। सुरक्षा गार्ड र सिसिटिभीको निगरानीमा रहेको बैंकभित्रबाट १० लाख रुपैयाँ चोरी भएको हो।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र रहेको शाखामा आइतबार बेलुका चोरी भएको हो। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। सुरक्षागार्ड भएकै अवस्थामा भल्टभित्रको पैसा चोरी भएकाले घटना रहस्यमय बनेको हो।