विराटनगर/ १ नम्बर प्रदेश सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि सहज वातावरण सृजना गर्ने कानुन निमार्ण गर्ने भएकोले लगानीकर्ताले निर्धक भएर लगानी गर्न प्रदेश सरकारले आग्रह गरेको छ ।

विराटनगर अवस्थीति मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा लगानि बोर्डले सोमबार आयोजना गरेको छलफलत कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा लगानी भित्र्याउन सहज वातावरण निर्माण गर्न सकिने कानुन ल्याईने बताए ।

‘तीन तहको निर्वाचन भइसकेपछि देशमा राजनीतिक स्थायीत्व आएको छ,’ उनले भने, ‘अब स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानी गर्न डराउनुपर्ने अवस्था नै छैन ।’ उनले स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सहज हुने गरी प्रदेश सरकारले कानुन बनाउने बताए । लगानीकर्तालाई स्वागत गर्न प्रदेश सरकार तयार रहेको उनको भनाई थियो ।

केन्द्रमा स्थिर र बलियो सरकार गठन भएसँगै विदेशी लगानी भित्रने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राईले भने, ‘प्रदेश सरकारले स्मार्ट सिटी, केवलकार, मोनो रेल तथा पर्यटकीय शहर निर्माणका लागि लगानी भित्र्याउन संभाव्यता अध्ययन थालेको छ ।’

उनले पहिलो प्राथमिकता स्वदेशी लगानीबाट हुन सक्ने योजना सफल बनाउने सरकारको नीति रहेको बताए । ठूला योजनाका लागि विदेश लगानी प्रवद्र्धन गर्ने बताउँदै मुख्यमन्त्री राईले भने, ‘स्वदेशी लगानीबाट आत्मानिर्भर अर्थतन्त्रको दिगो विकासको आधार तयार गर्दै जानुपर्दछ र विदेशी लगानीबाट देशलाई समृद्धिको दिशाउन्मुख गराउने क्षेत्रको विकास गर्नुपर्दछ ।’

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले लगानीमैत्री वातावरण सिर्जना नभई प्रदेशको विकास संभव नभएका कारण सरकार गम्भीर रहेको बताए । उनले सबै क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राखेर लगानी भित्र्याईने भएतापनि समृद्धिका लागि सहयोग पुग्ने क्षेत्रले प्राथमिकता पाउने बताए ।

यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीे प्रदेश सरकारले लगानीको वातावरण सिर्जना गर्नका लागि आवश्यक सबै प्रकारका कानुनी जटिलताहरुको हल खोज्ने बताए । उनले लगानीमैत्री वातावरणमा कुनै कानुनी जटिलता अवरोधक भए त्यसलाई संविधानका प्रावधानमा टेकेरै सच्याउँदै अगाडी बढ्ने बताए ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्तालाई आकर्षक गर्ने खालको योजना र ती योजनालाई सहज कार्यन्वयन गर्ने किसिमको कानुन बनाउनु जरुरी रहेको बताए । उनले सबै क्षेत्रलाई सहज हुने गरीको वातावरण सरकारले बनाउनु पर्नेमा जोड दिए ।

लगानी बोर्डले एक नम्बर प्रदेश सरकारलाइ तमोर हाइड्रो पावर, अन्य साना साना हाइड्रो पावरहरु, औद्योगीक क्षेत्रको विकास, पाथीभरा केवलकार, विराटनगर देखि सगरमाथा बेसक्याम्प सम्म फास्टट्राक सडक निर्माण, विराटनगर मोनोरेल, इटहरी–धरान मोनोरेल लगायतका परियोजनाहरुमा संचालन गर्न सुझाव दिएको छ ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले व्यवसाय सञ्चालनको लागि प्रदेश सरकारले सहज बातवरण सृजना गनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले स्वदेशी लगानीकर्तालाई पलायन हुन नदिन प्रदेश सरकारले स्वदेशी लगानीकर्तालार्य प्रोत्साहन गनुपर्ने सुझाब दिए । ‘स्वेदशी लगानी कर्ताले नै लगानी गर्न सक्ने क्षेत्रमा विदेशी लगानी कर्तालाई त्यस्तो प्रोजेक्ट दिनु हुैदन,’ उनले भने, ‘स्वदेशी लगानी कर्तालाई प्रोत्सान सरकारले गर्नुपर्दछ ।’

कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, मन्त्रालयका सचिव तथा विराटनगरका उद्योगी व्यापारी समेतको उपस्थिति रहेको थियो ।