चितवन/ चितवनस्थित नारायणी नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारत बिहार घर भई भरतपुर महानगरपालिका क्षेत्रपुरमा बस्दै आएका राम सहनीका छोरा १२ वर्षीय प्रेम सहनीको डुबेर मृत्यु भएको हो। आइतबार अपराह्न साथीहरुसँग पौडी खेल्न जाँदा भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा डुबेर उनी बेपत्ता भएका चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। सशस्त्र र जनपद प्रहरीको टोलीले उनको शव सोमबार नदीबाट निकालेको थियो।

शव पोष्टमार्टमका लागि सरकारी अस्पताल भरतपुरमा राखिएको छ।