एजेन्सी/ श्रीमानसँग मेरो कुनै सम्बन्ध छैन, तर पनि साथमा बस्छु। मेरो विवाहको १० वर्ष भइसकेको छ। यो १० बर्षमा मेरो र मेरो श्रीमानको बीच मात्र एक पटक शारिरिक सम्बन्ध भएको छ, हाम्रो सुहागरातमा। त्यो समयमा मलाइ उसको व्यवहार सहज लागेको थिएन।

वास्तवमा, उसको म सँग विवाह गर्ने मन नै थिएन। आफ्नो आमा र बुवाको दबाबमा आएर उसले मसँग विवाह गरेको थियो। आफ्नो आमाले भनेर नै उ एक पटक मेरो नजिक आएको थियो।

ऊ मात्र आफ्नो पुरुषत्व सावित गर्न आएको थियो। मलाई यो बताउन की ऊ नामर्द या नपुंसक छैन। हनिमुनको त्यो रातपछि आजसम्म हाम्रो सम्बन्ध सामान्य हुन सकेको छैन।

मैले कहिलेकाही आफै नजिक हुने कोशिस पनि गरे। उसले यो भनेर मेरो महसुसको अपमान गर्‍यो यो की मलाइ सेक्स भन्दा अरु कुनै कुराको ख्याल आउदैन।

यीनी सबै कुराहरुको असर मेरो स्वास्थमा पनी पर्‍यो। सानो उमेरमा नै म डिप्रेशन र अन्य थुप्रै विरामीको सिकार भए। त्यसपछि पनि मैले अवस्थासंग समझौता गर्ने कोशिस गरे। सोचे की पति(पत्नि नभए पनि हामी राम्रो साथी जसरी त रहन सक्नेछौ। म चाहदैन थिए की हाम्रो नराम्रो सम्बन्धको असर मेरी छोरीलाइ परोस, तर उसलाइ यो पनि स्विकार्य भएन।

ऊ मात्र आफ्नो पुरुषत्व सावित गर्न आएको थियो। मलाई यो बताउन की ऊ नामर्द या नपुंसक छैन। हनिमुनको त्यो रातपछि आजसम्म हाम्रो सम्बन्ध सामान्य हुन सकेको छैन।

न उसले मसँग सम्बन्ध विच्छेद गर्छ न आफ्नो व्यबहार सुधार्छ। छोरी अब ठूली हुँदै छे। उसलाई पनि उसको बुवाको माया उनको मुड अनुसार मिल्ने गर्छ।

म चाहेर पनि केहि गर्न सकिरहेको छैन किनकी मसँग न माइतको सपोर्ट छ न ससुरालीको। धेरै पटक एक्लै बस्‍ने विचार मनमा आयो, तर डर लाग्छ की यदि मलाई केही भइहाल्यो भने मेरी छोरीको हेरविचार कस्ले गर्छ ?

(यो भारत गुडगाउकी एक महिलाको वास्तविक कहानी हो। जो सँग बीबीसी हिन्दीको सिरिज हर च्वाइसका लागी पाठिका मोनी बरसमीसले कुरा गरेको थिइन्। हर च्वाइस भारतीय महिलाको वास्तबिक जीवनको कहानीमा आधारित बिबिसीको विषेश सिरिज हो। जसको निर्माता दिव्या आर्या हुन्।)