मोरङ/ झापाको दमक क्षेत्रका सामाजिक अगुवाहरुको घर नै जुवा एवं जुवातासको अखडा बन्न थालेको पाइएपछि प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गर्न थालेको छ ।

पछिल्लो २ दिनको अवधिमा दमकका २ ठाउँबाट जूवामा संलग्न १ दर्जन वढी सामाजिक अगुवाहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।

दमकका अगुवा ब्यापारीहरुदेखि लिएर अवकास पाएका प्रहरी अधिकृत, राजनीतिकर्मीहरुसम्म जूवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । प्रहरीले उनीहरुको नाम भनें उल्लेख गर्न चाहेन ।