चक्रघट्टि सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ११ को मधुवनमा इक्राइ बस्तिमा शनिवार राति साढे ८ बजे भिषण आगलागी हुँदा १ करोड ३७ लाख बराबरको क्षति भएको छ । ५० परिवारका २सय ४५ परिवार बिस्थापित भएका छन् । अग्नि पीडितलाई राहत बितरण गर्ने क्रम जारी छ । यसै क्रममा उध्योग वाणिज्य संघ शाखा कार्यलय बराहक्षेत्रले पनि राहत बितरण गरेको छ । अग्नि पीडित प्रत्येक परिवारलाई ५ के.जीका दरले आटा, तेल, नुन, बिस्कुट,साबुन थाल ,गिलास लगायतका खाध्यान्न सामागी्रहरु वितरण गरीएको छ । उध्योग वाणिज्य संघ शाखा कार्यालय बराहक्षेत्रका अध्यक्ष सुरेन्द्र गुप्ता, महासचिव जगत कार्की, राहत कोष संयोजक रमेश कार्की ,राहत कोषका सदस्य हिरा पौद्धार, कार्यलय सचिव निश्चल बस्नेत,सदस्यहरु प्रजापति काफ्ले,रत्न राउत, राजु बि.क , ११ नं वडा अध्यक्ष केदार बिष्ट,११ नं वडा सचिव गौरी राया लगायतको उपस्थितिमा सो सामगी्रहरु वितरण गरीएको छ । केही मात्रामा भएपनि पीडितलाई राहत पुगोस भन्ने उदेश्यले राहत वितरण गरीएको आगामी दिनमा अन्य राहत पनि उध्योग वाणिज्य संघ शाखा कार्यालय बराहक्षेत्रका अध्यक्ष सुरेन्द्र गुप्ताले बताएका छन् । ३१ हजार १ सय ५० बराबरको राहत बितरण गरीएको र आगामी दिनमा अन्य थप राहत सहयोग गर्ने गुप्ताले बताएका छन् । त्यस्तै राहत वितरण गर्ने क्रममा करुणा फाउण्डेसन बाट रमेश बरालको नेतृत्वको टोलीले प्रति परिवार ३० के.जी चामल,तेल,दाल,नुन ,प्रतिपरिवार १ थानका दरले झुल बितरण गरेका छन् । त्यस्तै कोशी गाउ पालिकाका अध्यक्ष अयुव अन्सारीले भुजा,नुन, बाल्टिन, जग, तेल ,ब्रस, तौलिया, बच्चाको कपडा दाल लगायतका सामगी्रहरु बितरण गरेका छन् । ११ नं वडा अध्यक्षको संरक्षणमा बिभिन्न दाताहरुद्धारा पीडित परिवारलाई राहत बितरण गरीएको छ । अध्यक्षले आगोलागी भएको रात देखिनै स्थलगल अनुगमन गरी यहाको लागि सहज बाताबरण बनाउन लागीपरेका स्थानीय डोमी उराउ बताउछिन् ।