चक्रघट्टि सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाहामा सोमबार राति ९ बजे नडाहको जंगलमा सिकारीहरु सिकार खेल्न आएको बिशेष सुराकी पाएर नडाका इलाका बन कार्यालयको टोली पक्राउ गर्न जाने क्रममा सिकारीहरु फरार भएका छन् । टर्च लाइट, बन्दुक, झोला र मोबाइल फेला परेको छ । सिकारीहरुलाई पछ्याउदै जादा टर्च,बन्दुक,झोला र मोबाइल त्यही छाडि ३ जना सिकारी फरार भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको बन सेक्टर कार्यालय चक्रघट्टिका अधिकृत महेश शाहले बताएका छन्। अबका दिनमा काठ तस्कर, सिकारीलाई कडाइका साथ निरुत्साहित गर्ने र बनको संरक्षण कार्यमा आफु सहितको टिम लागी परेको शाहले बताएका छन् ।