काठमाडौं/ हाल विश्वका अनुमानित ३ अर्ब ६० करोड मानिस वर्षको कम्तीमा पनि १ महीना पानीको चरम अभाव हुने क्षेत्रमा बसोबास गरिरहेका छन् । सन् २०५० सम्म यो सङ्ख्या ५ अर्ब ७० करोडमा उक्लिने संयुक्त राष्ट्र सङ्घअन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन ९युनेस्को०ले सार्वजनिक गरेको विश्व जल विकास २०१८ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो । विश्वमा पानीको माग वार्षिक १ प्रतिशतका दरले बढिरहेको छ र आगामी २० वर्षमा माग लगातार बढ्ने बताइएको छ ।

पानीको गुणस्तर र आपूर्ति बढाउन र प्राकृतिक प्रकोपहरूको प्रभाव न्यूनीकरण गर्न प्राकृतिक समाधान ९एनबीएस०को महत्वपुर्ण भूमिका हुने प्रतिवेदनमा भनिएको छ । ‘जनसङ्ख्या वृद्घि र जलवायु परिवर्तनले जल सुरक्षाको क्षेत्रमा उदाइरहेका चुनौतीको सामना गर्न नयाँ समाधानको आवश्यकता छ,’ युनेस्कोका महानिर्देशक अड्रे अजाउलोले भने । यदि अहिले नै यस विषयमा केही गरिएन भने सन् २०५० सम्म ५ अर्बभन्दा बढी मानिस पर्याप्त पानीको पहुँचबाहिर हुने अजाउलोले अगाडि थपे ।