कैलाली/छोरा नभई छोरी जन्माएको भन्दै अझैँ पनि महिला माथि हिंसा हुन्छ समाजमा । छोरा नजन्माई २ छोरी जन्माएको भन्दै कैलालीको गोदावरी नगरपालिका २ कि २५ बर्षीय कविता जोशीलाई आफ्नै श्रीमानले अन्य व्यक्ति लगाएर सामुहिक बलत्कारको प्रयास गरेको पिडित युवती बताउछिन् ।

दार्चुलाको गोकुलेश्वर घर भएका आफ्नै श्रीमान धनञ्जय जोशीले साथीहरु लगेर बलत्कार प्रयास गरेपनि उनी भाग्न सफल भएको बताउछिन् ।

५ बर्ष अघि प्रेम विहे गरेका उनीहरुका २ छोरी छन् । छोरी जन्माएको भन्दै धनञ्जयले यस अघि पनि पटक पटक कहिले साथीहरु लगेर बलत्कार प्रयास गर्ने, कहिले मदीरा सेवन गरेर कुटपिट गर्ने गरेपछि उनी डेरा लिएर छुट्टै बस्दै आएकी छन् ।

पटक पटक डेरा परिर्वतन गर्दा पनि श्रीमानले खोजे २ छोरी र आँफुलाई कुटपिट गर्दै आएको उनि बताउँछिन् ।

श्रीमानबाट आजीत भएकी कविता ईलाका प्रहरी कार्यालय मालाखेती कार्यालयमा जाँदा प्रहरीले श्रीमान श्रीमतीको झगडा घरमै मिलाउनु भन्दै फर्काउने गरेको उनको गुनासो छ ।

प्रहरीको जवाफ पछि धनजञ्यले आफुलाई कसैले कही गर्न नसक्ने भन्दै झनै यातना दिइरहेको उनी पिडित युवती बताउँछिन ।

सप्तरीमा गाँउपालिका अध्यक्षबाटै सर्वसाधारण कुटिएपछि‘ सप्तरी । गाँउमा हुने धेरै जसो समस्या समाधानका लागि जनप्रतिनिधिहरु नै अधिकार सम्पन्न छन् । स्थानिय तहमा हुने न्यायक समितिले यस्ता समस्याको निरुपण गर्न सक्छ । तर जब समस्या समाधानको सर्वसाधारण गाँउपालिका अध्यक्षसामु पुग्दा उनीबाटै कुटिन्छन् भने न्यायको के आश गर्ने ।

यस्तै भएको छ सप्तरीको विष्णुपुर गाँउपालिकामा । स्थानीय चोकबजारमा दैनिक जसो चोरीका घटना भएपछि स्थानियले गाँउपालिका अध्यक्ष लिलाम्बर यादवको मा पुग्छन् ।

तर चोरी गर्ने अध्यक्षकै भतिजा भएपछि चोरलाई कारवाही गर्नु त कहाँ हो कहाँ उल्टै गुनासो गर्न पुगेको स्थानिय माथि जाइलाग्छन् ।

उनले स्थानिय अनिलकुमार साहलाई निर्घात कुटपिट गर्छन । कुटपिटबाट घाईते साहको छाती, कम्मपर, पेट, पिठ्यूँ लगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको काराण उपचारमा ११ हजार बढी खर्च भएको छ ।

अनिलका अनुसार चोरका आरोपित सचिन यादवले उनलाई पटक पटक धम्की दिएका थिए । स्थानियका अनुसार गाँउपालिका अध्यक्षले चोरीमा आफ्नो भतिजको संलग्नाता रहेको स्वीकार गरेका छन् ।

साथै उनीहरुले गाँउपालिका अध्यक्षलाई कारवाहीको माग गरेका छन् । पिडित पक्षले आफु न्यायका लागि कानुन बमोजिम जाने बताई रहँदा गाउँपालिका अध्यक्ष भने स्थानिय स्तरमै मिलापत्रको कुरा गरिरहेका छन् ।