सुख्खा फलमा समावेश किसमिस अङ्गुरलाई सुकाएर तयार गरिन्छ । यसमा अङ्गुरको सबै गुुण पाईन्छ । किसमिसको प्रयोग हाम्रो स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । किसमिसमा आइरन, पोटासियम ,क्याल्सियम , म्याग्नेसियम र फाईबर जस्ता तत्व भरपूर मात्रामा पाईन्छ । साथै यसमा दुधमा भएको सबै तत्व पाईन्छ । आज हामी तपाइँलाई किसमिसको पानीले हाम्रो स्वास्थ्यमा पुर्याउने फाईदाबारे जानकारी दिन्छौं ।

तयार गर्ने विधि :

सबैभन्दा पहिला एउटा भाँडोमा पानी हाली किसमिसलाई मिसाएर २० मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि यसलाई रातभरि त्यसै छोडेर राख्नुहोस् । त्यसपछि बिहान यस पानीलाई पिउनुहोस् । यसबाट तपाइँलाई अनेक किसीमको स्वास्थ्यसम्बन्धि लाभ मिल्दछ । जुन निम्नानुसार छ । :

फाईदाहरु :

१) यदि तपाइँलाई ज्वरो आएको छ भने , यसको प्रयोग गर्नुहोस् । यसमा भएको एन्टि बायोटिक र एन्टि अक्सिडेन्ट तत्वले ज्वरोलाई हटाउँदछ ।

२) किसमिसको पानीलाई दिनहुँ पिउनाले कोलेस्ट्रोल ( बोसो ) को मात्रा नियन्त्रण हुन्छ । जुन धेरैजसो मानिसलाई अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्दछ । त्यसैले यस्को प्रयोग गर्नुहोस् ।

३) नियमित रुपमा किसमिसको पानी पिउनाले मृगौला स्वस्थ रहन्छ । र यसले पाचनशक्तिको सुधारमा पनि मद्धत पुर्याउँदछ ।

४) किसमिसले उमेर बढाउनुको साथै छालाको चाउरीपनलाई पनि हटाउँदछ । यसको लागि किसमिसको पानी हरेक बिहान पिउनुहोस् । यसले तपाइँ सधै जवान देख्नुहुनेछ ।

५) कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक छ ।

लगातार ४ दिनसम्म खाली पेट पिउनुस् किशमिशको झोल, कलेजो र किड्नी हुनेछ सफा

एजेन्सी । सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ ।किसकिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ ।

किसमिसिको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् । किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ । रगत सफा हुन्छ । एसिडीटी कम हुन्छ । हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ । किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ ।

किसमिसको पानी बनाउने विधि

एउटा प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् । यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् ।

यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन । यस्तोमा यदि चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ ।