काठमाडौं/ टीकापुरको जघन्य हत्याकाण्डका अभियुक्त मानिएका रमेश चौधरीलाई संसदको शपथ गराउन भइरहेको प्रयत्नप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गरेको छ ।

दूधेबालक समेतको निर्मम हत्या तथा अत्यन्त अमानवीय कार्य भएको प्रष्ट छ भन्दै अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा त्यस्तो आपत्ति प्रकट गरिएको हो ।

“अपराधी छुटाउनलाई जिम्मेबार पक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ, त्यो प्रयत्नलाई हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ”, अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ ।

अपराधी छुटाउने प्रयत्नप्रति आपत्ति जनाउँदै अपराधीलाई अपराधअनुसार कडा कारवाही गर्नुपर्ने आवश्यकतामा औंल्याइएको छ ।