काठमाडौं/ काठमाडौंको बानेश्वरमा तरकारी काट्ने चक्कुले हानेर एकजना युवाको हत्या गरिएको छ । सर्लाही घर रहेका बानेश्वर देवीनगर बस्ने २१ वर्षे पुरुषोत्तम सेढाईको हिजो बेलुका आफ्नै साथीले चक्कु हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

एउटै घरमा बस्ने साथीले चक्कु हानेका थिए । गफ गर्दागर्दै विवाद हुँदा सेढाइलाई चक्कु हानेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलले बताए।

कोठामै गफ गरेर बसिरहेको बेला विवाद बढ्दै गएपछि उनीमाथि तरकारी काट्ने चक्कु रोपिएको थियो। घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।