फेसबुक संसारको सबैभन्दा चर्चित सामाजिक सञ्जाल यसकारण रहिरहेको छ कि यसले बेलाबेलामा प्रयोगकर्ताको आवश्यकता अनुसार फिचरहरु थप्ने र सुधार गर्ने गरिरहन्छ ।

पछिल्लो पटक फेसबुकले फेरि एउटा नयाँ फिचर थप गरेको छ, जसको नाम दिइएको छ टेक अ ब्रेक ।यसले समय समयमा सुधार र थप गरेको फिचरले प्रयोगकर्ताहरुलाई पक्कै लाभ पुर्‍याएकै होला ।

यदि तपाईको भर्खरै ब्रेक अप भएको छ र आफ्ना पूर्व प्रेमी वा प्रेमिकाको सम्झना दिलाउने वा ऊसँगको सम्बन्ध देखिने पोस्टहरु लुकाउन चाहनुहुन्छ भने अब सजिलै सक्नुहुन्छ । फेसबुक टिमले प्रयोगकर्ताले कुनै समय आफ्नो पार्टनरको प्रोफाइलमा राखेका पोस्टहरुले पछि ब्रेकअप भएपछि हैरान भएको पाएपछि यो नयाँ फिचर थप गरेको हो ।

टेक अ ब्रेकले तपाईलाई पूर्वप्रेमी वा प्रेमिकाको पोस्‍ट, फोटो र उसलाई ट्याग भएका सामग्री कसैले हेर्न नमिल्ने गरी लुकाउने सुविधा दिन्छ । यसका लागि ब्लक, अनफ्रेन्ड वा अनफलो गरिरहनुपर्दैन ।

टेक र ब्रेकले तपाईको चाहना अनुसार फेसबुकका पोस्‍टहरु पूर्वप्रेमी वा प्रेमिकाले नदेख्ने बनाउन, उसलाई ट्याग गरिएका पुराना पोस्टहरु लुकाउन सहयोग गर्नेछ । त्यस्ता पोस्टहरुलाई रेस्ट्रिक्टेड लिस्टमा राखेर पूर्वप्रेमी वा प्रेमिकाले पनि नदेख्ने बनाउन सकिन्छ ।

फेसबुकले निम्नस्तर लिंक र स्पामहरु पनि हटाएर महत्वपूर्ण सामग्रीमात्र देखाउने बनाएको छ ।