मोरङ/ मोरङको बेलबारी नगरपालिका-८ चिसाङ पुल नजिकै मंगलबार कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा १३ च ७५०४ नम्बरको कार बेलुका ५ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनमा कारका चालक उर्लाबारी नगरपालिका-७ बस्ने ५० बर्षिय झमक काफ्ले, उनकै श्रीमती ४७ बर्षिया दुर्गादेवी काफ्ले, पथरी-१ बस्ने २४ बर्षिया जानुका बराल र २२ बर्षिया ईन्दु बस्नेत घाइते भएका छन्।

घाइते चारै जनाको उर्लाबारी अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय बेलबारीले जानएको छ।