गर्मी बढ्दैछ । गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्छ । एक त खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ । अर्कोतिर झिँगा, साङ्ला (कक्रोज) लगायत फैलिने भएकाले पनि खानेकुरा दुषित हुन्छ । त्यस्तै सडकमा बिक्रीमा खुला राखिएका खानेकुरा समेत स्वस्थ्यकर हुँदैन । यस्तो अवस्थामा खाना अपच हुने त छँदैछ, फूड प्वोइजनिङको समस्या पनि हुनसक्छ ।

कसरी हुन्छ फूड प्वोइजनिङ

खानपानको माध्यमबाट जव शरिरमा ब्याकटेरिया आदि प्रवेश गर्छ तव फूड प्वोइजनिङ हुन्छ । तर, यो हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बेला मात्र हुन्छ । यसबाट बच्नको लागि खानपानमा बिशेष ध्यान दिनुपर्छ । खुल्ला ठाउँमा राखेको खाना, फोहोर पानीले बनेको खाना खान बाट बच्नुपर्छ । कुनैबेला फुड प्वोइजनिङ भइहाले त्यसबाट बच्न घरेलु उपचार गर्न सकिन्छ । विजातिय खानेकुरा सेवन गर्दा पाचन प्रक्रियामा समस्या हुन्छ । दुषित, विषाक्त वा विजातिय खानेकुराको सेवनबाट समस्या पैदा हुन्छ ।

यस्तो लक्षण देखिन्छ

फुड प्वोइजनिङ भएमा पेट दुख्ने, निरन्तर वान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, हल्का ज्वरो आउने, मांसपेशी दुख्ने लगायतको समस्या देखिने गर्छ । यस्तो समस्या खाना खाएको २ घण्टाबाट देखिएर ७२ घण्टासम्म रहन सक्छ । यस्तो बेला शरीरमा पानीको कमी हुन नदिन जीवनजल तथा इलेक्ट्रोवियनको सेवन गनर्ुु पर्छ ।

के छ खतरा ?

फूड प्वइजनिङको खतरा बच्चा, रोगी, बृद्धबृद्धा, गर्भवतीमा बढी हुन्छ । किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । गर्भवतीको पाचन प्रणालीमा परिवर्तन हुन्छ, जसले गर्दा फूड प्वाइजनिङको संभावना रहन्छ । साथै बृद्धबृद्धामा पनि यस्तो समस्या देखिन सक्छ ।

अदुवा – पाचन प्रणालीको हरेक समस्याको लागी अदुवा एक प्रभावकारी औषधी मानिन्छ । फूड प्वोइजनिङबाट छुटकारा पाउनको लागि अदुवाको चिया बनाएर पिउन सकिन्छ । काँचो अदुवा कुटेर या यसको चूर्ण बनाएर पनि सेवन गर्न सकिन्छ ।

जीरा- जिरा खानाको सुगन्धित र स्वादिष्ट बनाउको लागि प्रयोग गरिन्छ । एक चम्चा जीरा पिसेर खानामा प्रयोग गर्‍यो भने फूड प्वाइजनिङबाट छुटकारा पाउन सकिन्छ । यसको साथै आन्द्रा सुन्निएको पनि ठिक हुन्छ ।

केरा- फूड प्वाइजनिङमा केराको सेवन एकदमै लाभदायक मानिन्छ । झाडापखला र कब्जियतमा पनि केराको सेवनले फाइदा गर्छ । यो पचाउन सजिलो हुन्छ । तर ध्यान राखौ कि दुई ओटा भन्दा बढि केरा सेवन गर्दा डाइरिया बढ्न पनि सक्छ ।

पानी- फूड प्वाइजनिङ हुदाँ पानीको सेवन बढि मात्रामा गर्दा फाइदा हुन्छ । यसले शरिरमा भएको बिषाक्त तत्व बाहिर निकाल्न मात्र होइन शरिरमा हुने असर पनि कम गर्न सहयोग गर्छ ।

स्याउ-फूड प्वाइजनिङ हुदाँ स्याउको सेवन गर्दा धेरै राहत मिल्छ । फूड प्वाइजनिङको समयमा हुने छाति को दुखाइलाई पनि कम गर्छ ।

विशेष सावधानी

-सफा र सुरक्षित खानेकुरा मात्र सेवन गर्ने ।

-खाना खाने र पकाउने भाँडा बर्तन पनि सफा हुनुपर्छ ।

-धेरै मसलेदार, पचाउन गाह्रो हुने, राम्ररी नपाकेको, बासी, दुषित खानेकुराको सेवन नगरौं ।

-फूटपाथको खानेकुरा सेवन नगरौं ।

-एकसाथ धेरैथरी खानेकुरा मिसाएर सेवन नगरौं ।