इनरुवा/ जिल्ला अदालत सुनसरीबाटै बलत्कारीको मिसिल गायब भएको खुलसा भएको छ । अदालतमा कार्यरत केहि कर्मचारीहरुको मिलोमतोमा अपराधीहरुको मिसिल नै गायब भएको पाईयो ।

अदालत भित्रकै कर्मचारीहरुको मिलोमतोमा एक वालिका वलत्कारीको मिसिल गायब भए सँगै अदालत भित्र अबैध कार्य हुने गरेको खुलसा भएको हो ।

२०४४ श्रावण २८ सालमा महेन्द्रनगरकी १० वर्षिय वालिका बलत्कार गर्ने महेन्द्रनगर ५ का पर्शुराम दाहालको पाँच वर्ष आठ महिना कैद सजाय फैसलाको मिसिल गायब भएको हो । अदालतकै अभिलेख फाटका केहि कर्मचारीहरुको मिलोमतोमा जिल्ला अदालत सुनसरीले जवरजस्ती करणी उद्योगमा २०४५ असार २९ गते अदालतले फैसला गरेको ५ वर्ष ८ महिना कैद सजाय सुनाएको मिसिल एकाएक गायब भएको हो ।

जिल्ला न्यायधिस गोविन्दकुमार श्रेष्ठ हुदा फैसला भएको मुद्धामा अहिले सम्म दाहाललाई पक्राउ गर्नुको साटो उनी विरुद्धको मिसिल अदालतबाटै गायब भएको अदालतले स्वीकार गरेको छ । । दाहाल विरुद्ध २०४२ सालमा पनि दालाल विरुद्ध वलत्कार गरेको आरोपमा मुद्धा परेको थियो । तर उनले उक्त मुद्धामा सफाई पाए पनि २०४४ सालको वालिका वलत्कारमा भने दोषी ठहरीएका थिए उक्त मिलिस गायब भएको हो ।

राय किताबमा भनिएको छ २०४४ श्रवण २८ गते जिल्ला जनस्वास्थ्य कार्यलय इनरुवाको पत्रबाट १० देखि १२ वर्षकीृ वालिकालाई वलत्कार गरेकोले दाहालले अपराध गरेको ठहर्छ । राय किताब पछि पूर्णपाठ मिसिलमा फैसला हुनु पर्ने भए पनि फैसलानै गायब भएको जिल्ला अदालत सुनसरीका श्रेस्तदार नवराज आचार्यले वताए । उनले भने दाहालको राय किताव वाहेकका सबै प्रमाणहरु हराएकका छन हामी अनुसन्धान गरी छानविन अगाडी बढाउँछौ ।

मिसिल सुरक्षीत राख्ने लगतमा नाम भेटिएन् त्यो सगै कम्युटरबाट समेत उनको नाम हराएको श्रेस्तदार आचार्यले भने । प्रमाण हराएकै हुन हामी अनुसन्धानमा छौ । वलत्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले ५ वर्ष ८ महिना ३ दिन सजाय तोकेको दाहाल महेन्द्रनगरमै न्यू सप्तकोशी रिसोर्ट र चतरामा कुईन केवल नेटवर्क प्राली चलाउँदै आएको छन । दाहाल फरार अभियुक्तको सुचिमा भए पनि हाल सम्म उनलाई प्रहरीले भेट्न सकेको छैन । अदालत भित्र २८ लाख रुपैया चलखेल भएर मिसिल गायब भएको हल्ला भने अदालत भित्र फैलिएको छ ।

जिल्ला अदालत सुनसरीमा २०७२ साल यता १६५ वटा जिल्ला अदालत पुग्यो र ८५ वटा फर्सोट भएको छ । जवरजस्ती करणीमा ५८ वटामा ३१ वटामा पर्सोट भएको छ । बैवाहकि बलत्कार एउटा परेकोमा फर्सोट भईसकेको जिल्ला अदालत सुनसरीले जनाएको छ । फरार अपराधीहरु पक्राउ गर्ने जिल्ला अदालत सुनसरीले टास्कफोर्स गठन गरेर दुई वर्ष अघि देखि विशेष अभियान थालेको भए पनि सोचेजस्तो सफलता हासिल गर्ने सकेको छैन ।