एजेन्सी/ केरा मानिसले सबैभन्दा बडी उपभोग गर्ने फलमा पर्छ । केरा निकै स्वादिलो र अरु फल भन्दा सस्तो हुने भएकाले पनि प्राय मानिसले यसलाई रुचाउने गर्छन् । केरा हामी बर्ष भरी नै बजारमा पाउने गर्छौं । हामी काँचो केरा र पाकेको केरा दुवै खाने गर्छौं । काँचो केराभन्दा पाकेको केरा बडी प्रयोग गर्छौं । काँचो केरालाई हामी तरकारीको रुपमा प्रयोग गर्ने गर्छौं । काँचो केराको उपयोग कमै हुने गर्छ किनभने यो पाकेको केरा जतिको मिठो हुँदैन। तर काँचो केरा हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक छ । यसले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पार्न मद्धत गर्छ ।

काँचो केराले हामीलाई पुर्याउने फाइदाहरु यस्ता छन् :

१) तौल घटाउँछ : नियमती रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन । यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ ।

२) कब्जियत : यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस । यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ । जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ । यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ ।

३) मधुमेहलाई फाइदा : मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् ।

४) पोटासियमको भण्डार : शरीरका लागि पोटासियम निकै आवश्यक छ । तर, पोटासियम सबै खानामा पाइदैन । यही कारण शरीरमा प्रायः पोटासियमको कमी भइरहन्छ । पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु । काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।