तरहरा/ तरहरा स्थित वरमपुरमा लामो समय देखि बसोबास गदै आएका आठ परिवारलाई अदालतले हटाउँन दिएको निर्देशन कार्यन्वयन नगर्ने गाउँलेहरुले अपिल गरेका छन । गाउँलेहरुले घर भत्काउँने निर्णय विरुद्ध लागे पछि इटहरी १९ स्थित वरमपुरचौकमा घरहरु भत्काउँन आएको प्रहरी र अदालतका कर्मचारीहरु फर्किएका छन ।

२०२२ साल देखि ऐलानी जग्गामा बस्दै आएका सात परिवारलाई विल्लीबाठ बगाउँने निर्णय गरेको भन्दै बुधवार वरमपुरमा गाउँलेहरु भेला भएर उनीहरुको घर भत्काउँनु न्यायिक नभएको वताएका हुन । ऐलानी जग्गामा वस्दै आएका सात परिवारलाई विस्थापित गर्ने उनीहरुको घर पछाडी रहेको नम्वरी जग्गावाला गोपाल राईले पहुँचको भरमा अदालतबाट स्टेअडर लिएर गाउँले विस्थापीत बनाउँन खोजेको स्थानीयवासी तथा नेपाल आदीबासी जनजाती संघ सुनसरीका उपाध्यक्ष कालुराम राईले वताए ।

वस्ती पछाडीका २०६६ नम्वरी जग्गावाल गोपाल राई परिवालले हालेको मुद्धामा पिडित पक्षहरुबाट म्याद तमेली नबुझ्दा समस्या भएको स्थानीय अगुवा तथा एमाले नेता रुद्र बस्नेतले वताए । अहिले उनीहरुको अवस्था नाजुक छ तर उनीहरुलाई यहाँबाट हटाउँन न्यायिक देखिएन उनले भने । वस्नेतले भने सर्वसाधरण गरीब जनतालाई उठिबास लगाएर धनीमनीको पक्षमा भएको फैसलाले सर्वसाधरणहरु चिन्तामा परेको वताए ।

२०३१ साल देखि तत्कालीन हाँसपोसा गाउ पञ्चायत हुदा कर तिरेको जग्गामा अहिले हटाउँने निर्ण विरुद्ध गाउँलेहरु उत्रिएका हुन । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर बुधवार नै चिनारी महिला समुहले वरमपुर चौकमा कार्यक्रम गरेर घर भत्काउँने निर्णयको विरोध समेत गरेको थियो ।

समुहकी अध्यक्ष इन्दिरा राईले सुकुम्वासीहरुको घर भत्काउँदा उनीहरुको विल्लीबाठ हुने भएको कारण भत्काउँन हुदैन भन्दै विरोध स्वरुप कार्यक्रम गरेको वताईन । त्यहाँ अम्मर खड्का,नगेन्दै खड्का,मकर बहादुर खड्का,विचारी खड्का,गंगा खड्का लगायत गरी सात परीवार २०२२ साल देखि बस्दै आएका छन ।