धनकुटा/ नयाँ संरचनासंगै बनेका स्थानियतह, प्रदेश र संघमा शुसाशन र भ्रष्टचार न्युनिकरणका विषयमापत्रकारहरुहरुको कलम केन्द्रित गराउने उदेश्यले शुसाशन र भ्रष्टचार न्युनिकरण विषयक २ दिने तालिमवुधवार धनकुटामा सम्पन्नभएको छ ।

विकास संचार समाज नेपाल, काठमाण्डौंको आयोजना र पत्रकार महासंघ धनकुटाको स्थानिय संयोजनमा सम्पन्न २ दिने शुसाशन र भ्रष्टचार न्युनिकरण विषयकतालिममा तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सुनसरीका गरी १५ जनापत्रकारहरुले भागलिएकाथिए ।

दुई दिनसम्म संचालनभएको तालिममा स्थानियतहपुनःसंरचनाआयोगकातत्कालिनअध्यक्षबालानन्दपौडेलले संविधानमाउल्लेख्य भएअनुसार ७ सय ६१ वटा स्थानिय, प्रदेश र संघिय सरकारले शासनगर्ने विषयमा सहजीकरण गरेका थिए । सो अवसरमापौडेलले वित्तियव्यावस्थापन, खर्चवाँडफाँड, राजश्व वाँडफाँड, अन्तर सरकार वित्तिय हस्तान्तरण र ऋणको विषयमापनि सहजीकरण गरेका थिए ।

साथै, अध्यक्षपौडेलले विभिन्नतहको सरकारहरको वित्तियअधिकार, अन्तर सरकार वित्तियव्यावस्थापन ऐन अन्तरर्गतका ससर्त अनुदान, समपुरक अनुदान, समानीकरण अनुदान र विशेष अनुदानकावारेमापनि स्पष्ट पारेका थिए । स्थानियपत्रकारहरुको समचारका इस्युहरुको वारेमापनि सहजीरकण गरेका थिए ।

त्यसैगरी संसदियपत्रकार संघका केन्द्रियअध्यक्ष राजेन्द्र फुएलले संसदियपत्रकारिता, पत्रकारिता संसदिय कि विकासे, संसदिय रिपोर्टिङ्गका समश्याहरु, संसदियपत्रकारिताको लागीउपयोगीअभ्यासहरुको बारेमा सहजीकरण गरेका थिए । त्यसैगरी उनले राजनितिक स्थायित्व, दिगो विकास र समृद्धि जनसरोकारका विषयभएकाले पत्रकारहरुले त्यस तर्फ वढी चनाखो भएर कलमचलाउनआवश्याक रहेको औल्याएकाथिए । साथै उनले संसद, संसदिय समिति, सचिवालय, सदनमाप्रतिनिधित्वगर्ने राजनितिकदल, सांसद र तीनका समग्र क्रियाकलापजनचासो र सरोकारका विषयभएकाले अव हरेक प्रदेशमाकार्यरत पत्रकारको कलम त्यस तर्फ अभ्यास गर्नु पर्नेमाजोड दिएकाथिए ।

त्यसैगरी लोकान्तर डट कमका सम्पादकविमलगौतमले अनुशनधान र खोजमुलक समचार लेखनको वारेमा सहजीरकण गरेका थिए । त्यसैगरी सोडेक नेपालकाकार्यक्रम संयोजकप्रकास घिमिरेले भ्रष्टचारको प्रवृति, प्रकृति, सार्वजानिकखरिद ऐन २०६४ र शुसाशन ऐन २०६४ का वारेमा सहजीकरण गरेका थिए ।

भ्रष्टचारका गोप्य प्रमाण जुटाउन समाग्रीप्रयोग गरेर समचार लेख्ने शैली स्ट्रिङ अप्रेशनको वारेमापनि घिमिरेले सहजीकरण गरेका थिए । नेपालपत्रकार महासंघ धनकुटा शाखाकावरिष्ठ उपाध्यक्षनगेन्द्र राईको अध्इक्षतमातालिम समापनभएको थियो ।