विजयपुर/खानेपानी टंकी निर्माणमा अबरोध गर्न खोजेपछि प्रहरीले बुधबार धरानमा सात सेल अश्रुग्याँस प्रहार गरेको छ । विजयपुर दरबार परिषर संम्रक्षण राजनैतिक संघर्ष समितिको नेतृत्वमा पुगेको समुहले टंकी निर्माणमा अबरोध गर्दै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि अश्रुग्याँस प्रहार भएको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिकाले धरान १४ स्थित विजयपुर क्षेत्रमा खानेपानी वितरणकालागि छ लाख लिटर क्षमताको टंकी निर्माण कार्य गत सोमबारबाट सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले टंकि निर्माणमा अबरोध पु¥याउदै ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुन थालेपछि बाध्य भएर अश्रुग्याँस प्रहार गरेको बताए । अबरोध गर्न पुगेको समुह र प्रहरीविच भएको घम्साघम्सिमा परि करिब एक दर्जन आन्दोलनकारी घाईते भएका छन् । घाईते मध्ये पाँच जनाको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ । अन्य साथीहरुपनि घाईते हुनु भएको छ,उहाँहरुको स्वास्थ्य क्लिनकहरुमा सामान्य उपचार भएको संघर्ष समितीका सचिब प्रदिप नोयोङले जानकारी दिए । प्रतिष्ठानमा इटहरीका नैनकुमार विक,भोक्राहाका हलिम मियाँ,इलामका खाङसाङ लावती,धरानका रोहित लम्बु र प्रेम मादेनको उपचार भई रहेको प्रतिष्ठान स्थित अस्थाई प्रहरी पोष्टका इन्चार्ज तिलक गिरिले जानकारी दिए । उनीहरु मध्ये विकको टाउको को पछाडी चोट लागेको छ भने अन्यको अबस्था सामान्य छ ।संघर्ष समितीका संयोजक थाङसाङ लावतीले संघर्ष समितीले धरान बाहिरबाट ३ वटा बसमा मान्छेहरु ल्याएको जानकारी दिए । ‘धरान बाहिरबाट १ सय ६० जना मान्छे ल्याएका थियौ,अन्य पार्टि र संगठनलाईपनि मान्छे ल्याउने जिम्मेवारी दिएका थियौ’ संयोजक लावतीले ब्लाष्टलाई भने ।संघर्ष समितिले अहिले ट्याङकी निर्माण गर्दे गरेको ठाउमा टंकी निर्माण नगर्न माग गरेको छ । करिब आधा घण्टा घम्साघम्सि भएपछि समुह निर्माण स्थलबाट फर्किएको थियो ।संघर्ष समितीले विजयपुरबाट फर्किएपछि भानुचौकमा कोणसभापनि गरेको थियो । कोणसभामा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य केदार उप्रेती,संघर्ष समितीका पुर्व संयोजक सुवास हुक्पाचोङवाङ,मङगोल नेसनल अर्गनाईजेसनका दिनेस वान्तावा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर अध्यक्ष सञ्जुहाङ सावाले बोलेका थिए ।संघर्ष समितीका संयोजक लावतीले आफुहरुको आन्दोलन निरन्तर जारी रहने बताए ।आन्दोलनको स्वरुपको कस्तो हुने भन्नेबारे छफलफ हुदै गरेको उनले जानकारी दिए । विजयपुरको सब सिस्टमबाट धरान वडा नम्बर १३ र १४ को पुरै भाग र वाड नम्बर १ र ३ का केही भागका २० हजार स्थानियलाई खानेपानी वितरण हुने धरान खानेपानी आयोजनाका आयोजना प्रमुख राजु पोख्रेलले बताए ।धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले खानेपानी टंकी बनाउन नदिएर खानेपानी प्रयोग गर्न पाउने नैसर्गिक अधिकार हनन हुन खोजेको बताए । २० औ हजार जनता पानीको अभाबमा छटपटिएका छन्,हामीले पानी खान पाउनु पर्छ भन्दा बिभिन्न बाहानामा गरिएको अबरोध न्याय संगत छैन उनले भने ।विजयपुर क्षेत्र सबैको साझा सम्पती भएको भन्दै उनले आज भन्दा अगाडीबाट नै विजयपुरबासीले संम्रक्षण गर्दै आएको उनको भनाई छ । विजयपुरको किरातकालिन इतिहासप्रति हामीपनी चिन्तीत छौ,यसको समग्र बिकास गर्ने कुरामा हामी प्रतिबद्ध छौ तर पहिचानको कुरा जोडेर खानेपानी टंकी बनाउन नदिनु कुनै हालतमा न्याय संगत छैन उनले भने । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बिजयपुरको ऐतिहासिक महत्वलाई कायम राख्दै खानेपानी टंकी निर्माण हुने बताए । हामीले ऐतिहासिक बिजयपुर क्षेत्रको संम्रक्षण गर्ने कुरामा चार किरातजन्य संस्थाहरु सँग १८ बुदे सहमती गरेका छौ,सो सहमतीमा आईएलओ १६९ पुर्ण रुपमा पालना गर्ने सहमती पनि भएको छ मेयर सुब्बाले भने ‘ विजयुरको पहिचान कुनै हालतमा मेटिदैन,टंकी बनाएर जनतालाई पानी खुवाउने हो पहिचान मेट्ने हैन ।उनले टंकी निर्माण कार्य नरोकिने समेत जानकारी दिए ।