साउन १८ गतेबाट अल नेपाल रिलिज हुन लागिरहेको फिल्म कायरा को दोस्रो गीत पनि आउट गरिएको छ । रिलिजको संघारमा रहेको कायरा टिमले दर्शकहरुको कौतहुल्ता मेटदै दोस्रो गीत  यो त माया हो बोलको गीत रिलिज गरेको हो । गीतमा सुगम पोखरेल र गायिका श्रेया सोताङ्गको आवाज ,नरेश भट्टराईको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।

जानकारी होस यही गीतको केही भाग हार्ड डिक्सबाट डिलिट भएपछि निर्माण टिमले नेपालम नै केही भागको सुटिङ गरी गीत तयार पारेको हो । फिलिपिन्स र नेपालमा खिचिएको गीतमा आर्यन र साम्राज्ञीको जोडी निकै लोभ लाग्दो देखिएको छ ।  कायराको ट्रेलरले यतिबेला चौतर्फी चर्चा र प्रशंसा बटुलिरहेको छ ।  दर्शकको लागि नौलो जोडीको रुपमा आएका आर्यन र साम्राज्ञी कायराबाट निकै आसावादी छन् । आर्यन आफैमा चर्चित नायक त्यसमा पनि अहिलेकी लोकप्रिय नायिका साम्राज्ञी भएकै कारण पनि फिल्मले हलसम्म दर्शक तान्ने धेरैको अनुमान छ । फिल्ममा रोजेट काय पाब्लो नाम गरेकी फिलिपिनी नायिका ,शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ ।

फिल्ममा आर्यन सिग्देलकै कथा रहेको छ भने फिल्ममा लक्ष्मण रिजालको निर्माण एवं निर्देशन रहेको छ ।राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्माताको रुपमा छन् । यता आर्यन यही फिल्मबाट आफनो पुरानै क्रेज फर्काउँने सुरमा छन् । हेरौ यसमा उनी कत्तिको सफल हुन्छन् ।