[caption id="attachment_90701" align="alignnone" width="999"] तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]

धरान । पूर्वमा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव देखिएको छ । पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई रिहाइको माग गर्दै विप्लपले आह्वान गरेको बन्दका कारण छिटफुट बाहेक र्सावजनिक सवारी साधन चल्न सकेका छैनन ।

विभिन्न जिल्लामा रहेका ब्लाष्टका संवादादताका अनुसार सार्वजनकि सवारी चल्न सकेका छैनन् भने शैक्षिक संस्था र बजार बन्द छन् । अहिलेसम्म पूर्वमा बन्दकर्ता सडकमा भने देखिएका छैनन् भने अप्रिय घटना समेत भएको छैन । यद्यपी मकवानपुरको टिस्टुङमा बन्दकर्ताले स्कुलबसमा आगजनी गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भन्सार छुटाएर काठमाडौ लैजादै गरेको बसमा आगजनी भएको हो । काठमाडौ चन्द्रागिरी नगरपालिकास्थित सतुंगल स्थित सिप्रदी ट्रेडिङमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला परेका थिए । रौतहटको चन्द्रपुर–५ स्थित पूर्व पश्चिम् राजमार्गमा रहेको लच्कामा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद बस्तुहरु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले काठमाडौंको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।