विराटनगर । प्रदेश–१ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईदमा आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । सङ्घीय सरकारले बिदा धेरै भएको भन्दै कटौती गरे पनि प्रदेश सरकारले बिदा दिने घोषणा गरेको हो । यसअघि बकर ईदमा बिदा दिँदै आएको थियो । प्रदेश १ का तराईका जिल्लाहरूमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको निष्कर्ष निकाल्दै मङ्गलबार बिहान बसेको क्याबिनेट बैठकले बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । यसैबीच धरान उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी (सुवेदी) ले पनि मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिएकी छन् । उनले नगरपालिकाले मौलिक पर्वहरूलाई विकास र प्रवद्र्धन गर्ने नीति लिएको बताएकी छन् । प्रदेश सरकारले बिदा दिएपछि मुस्लिम समुदायले खुसी व्यक्त गरेका छन् ।