ब्लाष्टखबर । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गौतम शेर्पाको लोकदोहोरी गीत “मुना मदन ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ ।

मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । बद्रि पाठक र विरेन्द्र ढकालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । मुकेश हुमाँगाईले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन । गीतको भाव अनुसारको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छन । गीतको भिडियोमा मोडल सुमन खतिवडा र सारिका केसीको अभिनय रहेको छ ।