दशै हिन्दु धर्मावलम्वीहरुको एक महान चाड हो । यो चाडमा दश दिन सम्म विभिन्न देवीदेउताको पुजाआजा गर्नुको साथै टाडा टाडा वाट आएका आफन्त ईष्टमित्र, भाईवन्धु सग भेटघाट गर्ने, रमाईलो महसुस गर्ने सामाजिक एकताको प्रतिकको रुपमा लिईन्छ । समाज उत्थानमा यो चाडको सकारात्मक पक्ष धेरै छन । यसको वास्तविक उद्धेश्य वुभ्mने हो भने यो चाड हिन्दुले मात्र होईन समस्त मानव समाजले मनाउदा फरक पर्दैन थियो । तर हिजोआज यो चाडमा अनावश्यक तडकभडक , फजुल खर्च , पशुपन्छिलाई मारेर दिईने वलि प्रथाले दशै चाड प्रति नै मानिसहरुमा वितृष्णा उत्पन्न हुन थालेको छ । हिन्दू धर्ममा कतै पनि वर्णन नगरीएको वली प्रथालाई केहि स्वार्थी विद्धान, पण्डित पुजारीहरुले अपव्याख्या गरीदिनाले आज ससार भरी नै वदनाम वन्न पुगेको छ । अझ नेपालकै गढिमाई मन्दिरमा हरेक वर्ष हज्जारौको सख्यामा दिईने पशु वलीको ससारभरी सर्वत्र निन्दा गरीएको छ । शान्ती क्षेत्र वुद्धको जन्मभूमीको मानमर्दन भएको छ । हरेक वर्ष दशैको वेला पशुको वलि मदिरा सेवन अत्यधिक प्रयोग फजुल खर्चले गर्दा रमाईलो दशै दशा वन्न थालेको छ । दशै भरी स्वच्छ सफा पवित्र हुनु पर्ने मन्दिर र घरहरु मन्दिर नभएर वधशालामा परीणत भईरहेका छन । हामी शान्ती खोज्न मन्दिर जान्छौ तर त्यहा रगतको आहाल र मृत पशुपन्छिको लासले दुर्गन्ध फैलिई रहन्दा पनि हामी रमाई रहेका हुन्छौ भने यहा प्रेम शान्ती र अहिसाको सम्मान कसरी हुन सक्छ ? यस अर्थमा आज हामी २१औ शताव्दिका हिन्दुवादिहरु हरेक दिन मन्दिर गईरहेका छौ कि वधशाला ? यो प्रश्न जोकोहिको लागी अव खिल वनेर मनमा गाडिनु पर्छ । यो लेखको उद्धेह्य पनि दशैको महत्वलाई अवमुल्यन गराउने वलि प्रथाको शुरुआत र अन्त्य कसरी गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित छ । वास्तवमा दशै चाडको उद्धृेह्य र स्वभाव नितान्त आध्यात्मिक विज्ञानमा आधारीत छ । अध्यात्मिक विज्ञान भनेको कहिले नाश नहुने आफनो आत्मा र शतिmको शुष्म निरीक्षण गर्नु अर्थात आफुले आफैलाई चिन्नु, हेनर्,ु वुझन,ु वोध गर्नु भन्ने वुझिन्छ । अनि धर्म भनेका चाहि प्राकृतिक प्रद्धत कुर।लाई धारण गर्नु , प्रकृतिको नियमलाई पालना गर्नु भन्ने हो । प्रकृतिले हामीलाई शक्ति प्रदान गर्छ । त्यो शक्ति हामीले सधै शुद्ध भोजनवाट प्राप्त गरीरहेका हुन्छौ भने ध्यान तप वाट अतिरिक्त शतिm प्राप्त गर्न सक्छौ । यतिवेला वर्षायामको घाम पानी र रोगव्याधीले थिलथिलो पारेर हाम्रो शरीर कमजोर भएको हुन्छ । यतिवेला रामे पोसिलो खानाको साथै अतिरीक्त शतिm पनि चाहिने भएकोले पुर्खाहरुले १० दिन सम्म ध्यान साधना गर्ने परम्परा वसाएको हो । तर अहिले ध्यान साधना भन्दा मासाकारी मादक पदार्थ खाने रमाईलो गर्ने परम्पराले प्राथमिकता पाएको छ । यस अर्थमा दशैलाई हामीले आध्यात्मिक पर्व किन भन्न सक्छौ भने १० दिन सम्म मनाईने यो चाडमा आफु भित्र रहेका रिस, राग, द्धेष, धृणा, लोभ, लालच, अहकार रुपी विकारहरुलाई हटाउन कम्तिमा १० दिन प्रयास गर्दा पनिधेरै उपलव्धी हासिल गर्न सकिन्छ भन्ने पुर्खाहरुको अनुभव छ । यसको लागी उहिलेका क्रृषीमुनीहरुले दश दिन सम्म नित्य स्नान गरी ,विभिन्न मन्त्रोचारण गरी पाठपुजा, व्यायम ध्यान गरी मन र शरीर शुद्धिको लागी साधना गर्थे ।साधनावाट मन र शरीरको विकारहरु हटाई आफनो आत्माको दर्शन गर्थे र समाज र भावीपुस्तालाई उपयोगी कालजयी वेद पुराणहरु लेख्न सफल भएका थिए । तर आज दशैलाई धार्मिक र सामाजिक रंगरुप दिने हुदा दशैले जातीजाती विच पनि वैमनस्यता उत्पन्न गराएको छ । केहि उग्र किराती जातीहरुले यो वाहुनहरुले आफुलाई होच्याउन चलाएको पर्वकोरुपमा सोच्न थाले । तर वास्तविकता वुभmदा यो कसैले कसैलाई होच्याउने पर्व नभएर मानिसले आफनो शक्ति सन्चय गर्न ध्यान तपस्या गर्ने पर्व हो । आफनो कमि कमजोरीहरु महिषासुर हो भने त्यसमाथीको विजय नै भगवती –शक्ति)को आशिर्वाद हो । तर आज हामी दशैलाई कसरी मनाईरहेका छौ पुर्नमुल्याडन गर्ने वेला भएनर ?

घटस्थापना को अर्थ केहो ? दशैको शुरुवात घटस्थापनाको दिन देखि हुन्छ । घटस्थापनाको दिन सवैले आफनो पुजा कोठा लिपपोत गरेर माटो माथि जौ गहु मकैको विउ छर्छौ । त्यस माथी पानी भरीएको कलस हुन्छ । कलश माथी नरीवर राख्छौ । सो जमरालाई दशौ दिनमा उखेरले ठुलावडाको हातवाट प्रसादको रुपमा शिर माथी लगाउदै आशिर्वाद माग्छौ । यो प्रकृया लाई हामीले परम्परा वनाए पनि वास्तवमा यो एउटा प्रतिक मात्र हो । माटो माथि जमरा उमार्नु अनि पानी माथी नरीवल राखेर पुजा गर्नु भनेको हाम्रो शरीर यो धर्मी माथी उम्रिएका अन्नपानीले वाचेको छ । नरीवलले हाम्रो शरीरको प्रतिनिधीत्व गर्छ । नरीवल जस्तै हाम्रो शरीर हड्रि रगत र मासुले वनेको छ भन्ने प्रतिक हो । प्रकृतिको सहयोगवाट मात्र वाच्न सफल हाम्रो (घट) शरीरलाई सधै स्वस्थ्य सफा र स्थीर (स्थापना) राख्ने प्रयास गर्नु पर्छ भन्ने सन्देश नै घटस्थापना(स्थिर शरीर) दिन खोजेको हो । आफनो शरीरलाई स्वास्थ्य सन्तुलित वनाउन मन लाई नियन्त्रण गर्न जरुरी छ । मन भित्र रीष राग द्धेष धृणा लोभ लालत अहकार छ भने त्यो शरीर शुद्ध हुन सक्दैन । शरीर शुद्ध नभए लोभी भएर जसरी घास देखाउदा वोका लुरुलुरु पछि लाग्छ अनि एकै चोटि मार हान्न्ँ लाग्दा पनि प्रतिकार गर्न नसकेर निरीह वन्न विवश हुन्छ । त्यसरी नैे हामीलाई पनि लोच लालच जस्ता ९ वटा विकारहरुले मनको पछि पछि लाग्न सिकाउदा विभिन्न दुखको सामना गर्नु पर्दछ । यदि मनको पछि नलाग्ने हो भने शरीरले कहिल्यै दुख पाउने छैन भन्ने दशै पर्वले दिन खोजेको सन्देश हो । वलि प्रथाको शुरुवात कसरी भयो ? उहिलेका मानिसहरुले यो पर्वलाई तन र मन शुद्धि गराउने पवित्र चाडको रुपमा लिन्थे । दशौ दिन सम्म ध्यान साधना गरी मन र शरीरलाई पवित्र वनाउने प्रयास गर्थै । अन्त्यमा आफनो मन माथी विजय प्राप्त गरेर शरीर लाई स्थीर वनाएको उपलक्ष्यमा जमरा नरीवलको प्रसाद खाएर मान्यजन वाट आशिर्वाद लिने र विजय उत्सव मनाउने परम्परा थियो । तर समय वित्दै जादा त्यो सन्देशलाई केहि पाखण्डि मासाहारी विद्धान हरुले आफनो मनको विकारको सट्रा आफुनो स्वाद अनुकुल मिठो लाग्ने पशु पन्छिलाई वली दिएर जमरा पशुलाई खुवाएर आफुले भने उसको मासु खाने परम्परामा ढाले । उनीहरुले वाघ हात्ति सिह कुकुर विरालो श्याल जस्ता जनावरहरुलाई वलि चडाएनन । तर सोझो निर्धो जसले जता लैजादा पनि मान्ने पशुहरुलाई वली दिन थाले । अन्यथा हिन्दुहरुको पवित्र ग्रन्थ वेद,महाभारत,पुराण हरुमा कतै पनि दशैको वेला दुर्गा भन्ने मिथकलाई खुुसी पार्न पशुपन्छिको वली चढाउनु पर्छ भन्ने उल्लेख छैन । वेदव्यास स्वयम साकाहारी थिए उनले किन वलिको कुरा लेख्थे ?वेदव्यासले लेखेका महाभारतमा एक ठाउ भनिएको छ ।” सुरा मत्स्या पशोमांस द्धिजातिना वलिस्तथा । धुर्तै प्रवर्तित चैतन्नैतद्वेदेषु कथ्यते ।” मानिसले माछा मासु मान मोह र लोभ ले गर्दछ यो जिव्रोको स्वादको लागी मात्र हो । धुर्तहरुले वलि यज्ञ आदिमा मांसुको प्रयोग पछि वाट मिलाएका हुन । ईश्वरका सन्तान सबै बराबर प्राय हिन्दुहरुले माता दुर्गे वा महाकाली जगतजननी खुसी पारेर आफनो शक्ति वडाउने उद्धेह्यका साथ पशुको वलि चडाउने गर्दछन । तर एउटा वुझनै नसकिने प्रश्न मलाई सधै खडकिने गर्दछ । ईश्वर जगतजननी भनेको सवै प्राणीहरुको आमा भन्ने वुझिन्छ । प्राणी भनेको वलिमा चडने सवै पशुपन्छिहरु पनि पर्दछन । हामीले वलि चडाएर खुसी पार्न लागेकी आमालाई उनकै एक छोराछोरी सरहको पशुपन्छीलाई काटेर रगत चढाउदा त्यो आमा खुसी हुन्छीन की दुखी ?निश्चय नै उनी सार्है दुखी हुन्छीन । पिडाले छटपटाउदिहुन हामीलाई सराप दिदै विलाउना गर्दि हुन तर हामी भने उसलाई काटेर आमा खुसी भएको भन्दै उत्सव मनाएर भोज खान्छौ । धर्म परम्परा सस्कार को नामामा हामी किन यति क्रुर निर्दयी अत्याचारी अविवेकि अन्धो भईरहेका छौ ? हामीलाई मासु खानै छ भने कमसेकम वधशालामा काटेर स्वास्थ्य मासु खान कस्ले रोकेको छ । कमसेकम आफुलाई देशविदेश घुमेर आएको संसारको ज्ञान भएको सभ्य मान्छे भनाउन पछि नपर्ने समाजका नागरीक, हिन्दुधर्मको ठेक्का लिने विश्व हिन्दु महासंघ जस्ता संघ संगठन र सरकार ले नवुझेर यो प्रथाको अन्त्य नगरे अव कहिले गर्ने ?

म पनि हिंसक नेै थिए दशै आउदा कस्लाई खुसी लाग्देनर ? स्वभाविकरुपमा यो पक्तिकार पनि एक हिन्दुवादि संस्कारमा हुर्किएको नागरीक भएको नाताले दशैमा परीवारले परम्परागत रुपमा सिकाउदै आएको वोका खसी लाई मार हान्ने गरेको देख्थे । आज भन्दा ८ वर्ष अधि सम्म म घरको भीमसेन थानमा ३ ४ वटा वोकाको मार हान्थे अनि एकै पटक छिनाउन सकेकोमा गर्वको महसुुस गर्दै आफुलाई वहादुर, वलवान, निडर भएको सम्झन्थे । तर जावो दाम्लोमा वाधिएको पशुलाई धारीलो हथियारले घाटि तन्काएर मार हान्न युवा जोसमा कुन ठुलो कुरा थियो र । यसरी जीवनको अत्यधिक उर्जाशिल समय समाजले नै सिकाएका यस्तै नकारात्क कृयाकलाप गरेर विताइयो । तर जव देखि मैले आफनो गुरु ओशो वाट जीवन जगत र आत्मा परमात्मा र धर्म अधर्मको वारेमा ज्ञान पाए त्यस पछिका दशैहरु मेरो लागी खासै रमाइलो पर्व वन्न छाडेको छ । वरु आफनो विगतका गल्तीहरुले आफनो आत्मामा पुुगेको चोटको सजाय पाईरहेको महसुुस हुन्छ । वलिप्रथा अन्त्यको लागी कानुन नै वनाउनु पर्छ । हिजोआज संचारक्षेत्रको व्यापकता, पश ुअधिकारवादिहरुको दवाव र आध्यात्मिक गुरुहरुको सत्सगले गर्दा पनि पशु वलिको घटनामा भने केहि कमि आएको देखिन्छ । तथापि यति मात्र पर्याप्त छैन कराउने कराउदै गर्छ हात्ति लम्किरहन्छ भने जस्तै भएको छ नेपालमा वली प्रथा अन्त्यका प्रयासहरु । मासु खान सार्वजनिक स्थल अझ मठ मन्दिरमा वली दिनु त झनै ठुलो अवराध हो । विकसित राष्टहरुमा मानिस मात्र नभएर पशुपन्छिको अधिकारलाई सम्मान र रक्षा गर्न निकै कडा कडा कानुनहरु लागु गरीसकेका छन । तर हाम्रो जस्तो देशमा पशुपन्छिको रक्षाको लागी कुनै कानुन वन्न सकेको छैन जस्ले गर्दा यहा पशुवलि जस्तो निर्दयी अपराधले खुलेआम प्रश्रय पाएको छ । र विश्वमै निन्दा गरीएको गढिमाई मेला जस्तो पशुको संधार गरीने पर्व लाई प्रतिवन्ध लगाउन सकिएको छैन । यो वुद्दभूमीको लागी लज्जास्पद विषय हो । हामीलाई मासु खानुनै छ भने स्वस्थकर मासु खान कसैले रोकेको छैन । आधुनिक वधशालाहरु स्थापना गर्नु पर्दछ । तर धर्मको नाममा पशुवली चडाउने परम्परालाई नेपाल सरकारले यथाशिध्र कानुन वनाएर दण्डनिय तुल्याउनु वान्छनिय छ । अनि मात्र जगतजननी खुसी होलीनकी ।