[caption id="attachment_93619" align="alignnone" width="1200"] फायलफाेटाे[/caption]

वराहक्षेत्र/ वराहक्षेत्रको चतरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आयोजनामा कात्तिक २६ गतेदेखि प्रतियोगिता हुने भएको हो । क्लबका अध्यक्ष सूर्य तुम्बाहाम्फेका अनुसार प्रतियोगितामा खदम युवा क्लब मोरङ, पारिजात क्लब झापा, बसाहा क्लब उदयपुर, वागमती युवा क्लब सर्लाही, युनाइटेड गल्र्स सिक्किम र आयोजक गरी ६ टिम सहभागी हुँदै छन् ।

विजेता टिमले ५१ हजार रूपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउने प्रतियोगिता संयोजक टेकमाया थापाले आइतबारको पत्रकार सम्मेलनमा बताइन् ।

मङ्सिर १ गतेसम्म चल्ने प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई १० हजार रूपैयाँ नगदसहित ट्रफी प्रदान गरिने भएको छ ।

व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड, मिडफिल्डर र उदयीमान खेलाडीले जनही नगद ३ हजार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचले नगद १ हजार रूपैयाँ पाउने संयोजक थापाले बताइन् ।

आदर्श माविको खेलमैदानमा प्रतियोगिता हुनेछ ।