बिर्तामोड / झापा गाउँपालिकामा रहेको झापा जुडो डोजोको आयोजनामा दोस्रो झापा जिल्लास्तरीय जुडो प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

स्थानीय डिल्लीराज माविको खेल मैदानमा आइतबारदेखि शुरु दुई दिने प्रतियोगितामा जिल्लाभरबाट १७ महिला र ६६ पुरुष गरी कुल ८३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सहयोगमा भएको प्रतियोगिताअन्र्तगत पुरुषतर्फ ३५ केजी तौल समूहमा किरण घोर्साने प्रथम, विक्रमकुमार साह द्वितीय तथा रिजन कुँवर र तुलसी तिवारी तृतीय बने ।

४० केजीमा दीपेश मगर प्रथम, सोयम प्रधान द्वितीय तथा ताकेश कोच र रोहित झा तृतीय भए भने ४५ केजीमा अमिन शेख प्रथम, निरज चौधरी द्वितीय तथा टिकानाथ काफ्ले र आशिष लिम्बू तृतीय बने ।

५० केजीमा अमद शेख प्रथम, मोहम्मद मुन्ना मन्सुरी द्वितीय तथा विज्ञान खड्का र विवेक तिवारी तृतीय भए भने ५५ केजीमा रविन मर्डी प्रथम, मोहम्मद अख्तर शेख द्वितीय तथा देव तामाङ र सुरेश कोच तृतीय बने ।

६० केजीमा भीम कोच प्रथम, महादेव राजवंशी द्वितीय तथा त्रिलोक श्रेष्ठ र उज्वल श्रेष्ठ तृतीय बने भने ६६ केजीमा आकाश कोच प्रथम, रवि मुखिया द्वितीय तथा दीपक कोच र प्रशान्त साह तृतीय भए ।

त्यस्तै, महिलातर्फ ४८ केजी तौल समूहमा स्वस्तिका सुवेदी प्रथम, विमला सुब्बा द्वितीय र बबिसा अधिकारी तृतीय भए भने ५२ केजीमा दिलमाया सुब्बा प्रथम, सुस्मिता कार्की द्वितीय तथा जानुका लिम्बू र ममता मुर्मु तृतीय भइन् ।

५७ केजीमा सरिता राई प्रथम, सदीक्षा किस्कु द्वितीय र श्रेया मगर तृतीय बनिन् । प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई मेडल तथा प्रमाण–पत्र प्रदान गरियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, विशेष अतिथि जिल्ला समन्वय समिति उपाध्यक्ष मीना पराजुली, झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, रुद्र–गौरी, श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीलगायतले बधाई ज्ञापन गरेका थिए ।