सिरहा/ जिल्ला सिरहाको मिर्चिया नगरपालिका वडा नम्बर ६ मा विशाल दंगल (कुस्ति) प्रतियोगिता सम्पन्न भएको छ । संस्कृति सम्वद्र्धन र खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले लक्ष्मी पुजाको अवसरमा मिर्चिया नगरपालिकामा आयोजना गरिएको दुई दिवसीय कुस्ति प्रतियोगिता सम्पन्न भएको लक्ष्मी पुजा मेला समिति मिर्चैया नगरपालिका वडा नम्बर ६ मटियर्बाका अध्यक्ष संजिप यादबले बताए । कुस्ती प्रतियोगितमा नेपालका विभिन्न स्थानको साथै छिमेकी मुलुक भारतका प्रसिद्ध कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । कुस्ति प्रतियोगितामा भारतका अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, दिल्ली, पंजाब, हरियना, झाषी त्यस्तै नेपालका बिभिन्न स्थानका पहमाानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए । प्रतियोगितामा पुरुष तिर मोनु पहलमान, बसन्त थापा, सैतान सिंह,राहुल पहलमान,विकि पहलमान,हरिओम दास,नरेश पहलमान,जितेन्द्रर पहलमानले कुस्ति लडे्का थिए । कुस्ती प्रतियोगीतामा अवलोकन गर्न बन्दिपुर, बस्तिपुर ,कार्जन्हा, रमपुरा, प्रयाकपुर, मल्हानिया, सितापुर, कल्यणपुर, चिक्ना, राघोपुर, महेशपुर,चोहर्वा, गोलबजार,भलुवाही,सिरहा लगायत विभिन्न ठाउँबाट हजार व्यक्तिहरु अवलोकन गरेको आयोजक कमिटिका दिलिप साहले बताएका छन् । गत कार्तिक २२ गते सिराहा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले कुस्ति प्रतियोगिताको उदघाटन गरेका थिए ।