वराहक्षेत्र । वराहक्षेत्रको चतरामा सोमबारबाट शुरु भएको अन्तरािष्ट्रय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०७५ को तेश्रो संस्करणको,सोमवार भएको उदघाटन खेलमा आयोजक माउण्ट एभरेष्ट स्र्पोटिङ्ग क्लब विजयी भएको छ ।

बसाहा फुटबल क्लव उदयपुर लाई २–० ले हराउँदै आयोजक विजयी भएको हो । खेलको पहिलो हाफको १५ मिनेटमा बसाहाकी मोनिका राईले उत्कृष्ठ पहिलो गोल गर्दै टिमको खाता खोलेकी थिईन् ।

भने दोश्रो हाफ शुरु भएको ७ मिनेटमा आयोजककी मनिषा विष्टले पहिलो गोल गरी टिमको जितको खाता खोलेकी थिईन् । उनले गोल पोष्टमा प्रहार गरेको गोल बसाहाको डिफेन्सको खुट्टामा लागेर सुसाईड गोल भएको थियो ।

भने लगत्तै १७ औं मिनेमा टिमले पाएको पेलान्टी लँई पवित्रा राईले गोलमा परिणत गरी जित पक्का गरेकी थिईन् । रोमाञ्चक खेल प्रदर्शन गरेको भएपनि बसाहाले दोश्रो हाफमा पाएको एउटा इनडाइरेक्ट फ्रि किक र ३ कर्नरहरु लँई गोल बदल्न सकेको थिएन् ।

खेलको ओमेन अफ द म्याच आयोजक की कोपिला धिमाललाई,फुटवल प्रतियोगिताकी संयोजक टेकमाया थापा पाण्डेले नगद १ हजार प्रदान गरिन् ।

प्रतियोगिताको आज मंगलबार हुने खेलमा खदम फुटवल क्लव मोरङ्ग र बागमती फुटबल क्लव सर्लाहीका विच हुने आयोजक माउण्ट एभरेष्ट स्र्पोटिङ्ग क्लवका सचिव पंकज न्यौपानेले बताँए । खेल स्थानिय आदर्श माविको खेल मैदानमा भईरहेको छ ।