इलाम /  यहाँस्थित माङसेबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  आज दिउँसोे १ बजे माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङस्थित फाल्गुनन्द कच्ची सडकखण्डमा पाँचथरबाट दमकतर्फ अदुवा लिएर गएको ट्र्याक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय नबिन कुरुवाङ र सहचालक धनकुटाका २२ वर्षीय गोकुल लिम्बूको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधव श्रेष्ठका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि दमक लाइफ लाइन झापा लगेकामा उपचारका क्रममा मृत्यु भएको हो । (रासस)