रङ्गेली / नेपालका लागि वंगलादेशका राजदूत मास्की विन्टे साम्सले प्रदेश—१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाडसँग भेटवार्ता गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयमा सोमवार आयोजित भेटघाटमा राजदूत सम्सले प्रदेश न १ प्राकृतिक रूपमा अवब्बल रहेकोले यहाँको पर्यटन, उर्जाको प्रवद्र्धनका लागी वंगलादेशको सहयोग रहने बताइन । वंगलादेश र काठमाण्डौलाई जोडन सकिने यो प्रदेशलाई पुलको रूपमा बिकास गर्न सक्ने धारणा राखिन । वंगलादेशका पर्यटक नेपाल भ्रमणमा आउने गरेको स्मरण गर्दै उनले भनिन–‘यहाँको पर्यटन प्रवद्र्धनमा आफूहरुको सहयोग रहने छ ।’

पूर्वमा उत्पादित चिया , कफी र फलफुल उल्लेखनिय रूपमा वंगलादेश निर्यातको गर्न सकिने भएकोले यसलाई व्यवस्थित गर्नु सके प्रदेशको समृद्धिमा थप टेवा पुग्ने विचार राखिन । प्रदेश प्रमुख तुम्वाहाडले संक्रंमण कालको अन्त्य भई मूलुक संघीयतामा प्रबेश गरिसकेकोले प्रदेशको समग्र बिकासको लागी वंगलादेशसँग हातेमालो गरि प्रदेश सरकार अघि बढन सक्ने बताए । नेपाल र वंगलादेश विच भाईचाराको सम्वन्ध रहेकोले दुवै देशको समवन्धलाई थप प्रगाढ बनाएर लैजानुपर्ने उनले बताईन । प्रदेशको संरचना र भूगोलका बारेमा राजदूतलाई उनले जानकारी दिए । राजदूत सम्सले परराष्ट्र मन्त्रालयबाट स्विकृत लिएर प्रदेश प्रमुखसँग भेट गरेको प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मीले जानकारी दिए ।