रङ्गेली / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कम्युनिष्ट सरकारले देश नै कब्जा गर्ने प्रक्रियामा अगि बढेको आरोप लगाएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवा विराटनगर विमानस्थलमा सोमबार साँझ संचारकर्मीसँग सभापति देउवाले सरकारले चौतर्फी आक्रमण गरेर देशका सबै निकायलाई कम्जोर बनाउने खेलमा ओली सरकार लागेको अरोप लगाए । सरकारले जनचाहना विपरित काम गरेको उनले बताए ।
तीन कोईराला परिवार एक भई उनी विरुद्ध गुट बन्दीको संकेत देखिए पछि भोली पल्टै देउवा विराटनगर आएका छन् । अघिल्लो दिन डा. शेखर कोईराला, डा. शसांक कोईराला र सुजता कोईराला एक भएको विराटनगरबाट घोषणा गरेका थिए ।
सभापति देउवाले विगतमा पार्टीमा चित्त नवुझेको कुरालाई राख्न नपाउने अवस्था रहेको बताए । ‘गिराजा बाबु, किशुन जी हुदा कोहि चुइकक बोल्न सक्दैन थिए ।’ उनले भने, ‘अहिले पार्टी विधान अनुसार चलेकोले सबैले बोल्ने स्वतन्त्रता पाए छ ।’ नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले चित्त नवुझेको कुरा सबै स्वतन्त्र रहेको उनले बताए । उनले पार्टीमा भएको वहसलाई सामान्य रुपमा लिनु पर्ने भन्दै पार्टी भित्रको आन्तरिक विरोधलाई लिएर कांग्रेस अराजक भयो भन्न नमिल्ने बताए । उनले पार्टी भित्र तीन कोइराला विच एकता हुनु रामो कुरा भएकाले पार्टीलाई फाइदा पुग्ने बताए ।