भद्रपुर/झापाको भद्रपुर नगरपालिका लगायत दक्षिणी क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाबाट मानविय क्षति बढेपछि प्रहरीले न्यूनिकरणको लागि अभियान शुरु गरेको छ । भद्रपुर नगरपालिका वडा नम्बर - ८ र वडा प्रहरी कार्यालय भद्रपुरले सोमबारबाट एक हप्ते सवारी दुर्घटना न्यूनिकरण अभियानको शुरुवात गरेका हुन् ।

भद्रपुर- ८ स्थित सगरमाथा चोकमा आयोजित अभियानलाई नगर प्रमुख जीवन कुमार श्रेष्ठ,एसपी भीमप्रसाद ढकाल लगायतले सोही स्थानमा जनचेतनामूलक होडिङ् बोर्ड स्थापना गर्दै अभियानलाइ औपचारिक्ता दिएका थिए ।

टूाफिक नियमका बारेमा लेखिएका जनचेतनामूलक नारालाइ सगरमाथा चोकसँगै क्याम्पस मोड,चन्द्रगढी स्थित टूेडयूनियन चोक र सङ्गम चोक नजिकै स्थापना गरिने वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जवेगूले जानकारी दिए ।

पछिल्लो समय भद्रपुर लगायत दक्षिणी क्षेत्रमा सवारी दुर्घटनासँगै मानविय क्षति बढेपछि पहिलो चरणमा यस्तो अभियान अघि सारेको अभियानको औचित्यमाथि प्रष्ट पार्दै उनले जनाए । प्रहरी र ट्राफिक प्रहरीले मात्र सम्भव नहुने भन्दै सबैले आ-आफनो क्षेत्रबाट सकरात्मक भूमिका निभाउनु पर्ने उनको जोड थियो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउदा नै बढी दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए ।

ट्राफिक नियम पालना गरेर सम्यमित तरिकाले सवारी चलाउन हुन सवैलाइ अनुरोध गरेका थिए । मादक पदार्थ सेवन गरेर सवारी चलाएको समयमा सवारी साधनलाइ प्रहरीले यिन्त्रणमा लिएपछि विभिन्न तहमा सोर्स फोर्स लगाउने गरेको घटना परिघटना कार्यक्रमका प्रमुख अतिथी जीवन कुमार श्रेष्ठले सुनाएका थिए ।

टूाफिक नियमको पालना गरेमा जीवन सुरक्षित हुने भएकोले सवैलाइ सवारी चलाउदा होस पुर्याउन अनुरोध गरेका थिए । दुर्घटना न्यूनिकरणको लागी आर्थिक वर्ष ०७४।७५मा नगरले ५० हजार रकम खर्च गरेको सुनाएका थिए ।

भद्रपुर नगर अन्र्तगत रहेको वडा नम्बर-८ ले यस्तो प्रकारको अभियान शुरु गरेकोमा प्रसंसा गरेका थिए ।

कार्यक्रममा विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी ,महिला सञ्जाल लगायतले सडकमा दौडिरहेका सवारी चालकलाइ रोकेर दुर्घटना न्यूनिकरण सम्बन्धी अनुरोध पत्र वितरण गरेका थिए । वडा अध्यक्ष गौरब सुव्वाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।