आप्रवासः ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

alt
  • मंसिर ४, २०७५
  • ९२ पटक पढिएको
  • रासस

वासिङ्टन / एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको शुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गरेका थिए । । मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अघि बढेसँगै राष्ट्रपति ट्रम्पले सीमामा सैनिक परिचालन गर्नुका साथै उक्त आदेश जारी गरेका थिए ।  

सानफ्रान्सिस्कोमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिनुभएको हो । राष्ट्रपतिको कार्यकारी आदेश आएलगत्तै अमेरिकी मानव अधिकारवादी समूहहरुले राष्ट्रपतिको आदेशविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । 

अमेरिकी नागरिक स्वतन्त्रता युनियनले आप्रवासीका रुपमा अमेरिका प्रवेश गर्न चाहने जोकोही व्यक्तिले आवेदन गर्न पाउने अधिकार रहेको बताएको छ । यस्तो अधिकार सीमामा आएका वा गैरकानुनी रुपमा देशभित्र प्रवेश गरिसकेको दुबै अवस्थामा कार्यान्वयन हुनेछ । 

ट्रम्प प्रशासनका तर्फबाट खटिएका वकीलहरुले राष्ट्रिय सुरक्षामा चुनौती देखिएकाले आप्रवासनलाई नियन्त्रण गर्न कार्यकारी शक्तिको प्रयोग गर्नुपरेको तर्क गरेका थिए । 

करणी गरेको आरोपमा यु ...

तेह्रथुम /  आठराई गाउँपालिका ४ ईवाबाट प्रहरीले जवर ...

‘सा रे गा मा पा..... ...

धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभी ...

दुवईअवार्डकाे दावेदा ...

धरान /  धरान १५ स्थित केके इन्टरनेसनल स्कुलले आप्m ...

तेस्रो देशमा भाषा जो ...

पथरीशनिश्चरे / तेस्रो मुलुक पुनर्वास भएका भूटानी स ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved