सिरहा/ सिरहाको कर्जन्हा नागपालिका वारु नम्बर २ मा पर्ने कमला नदीको पुल नजिक भखर्रै भएको बस दुर्घटनामा १ को मृत्यु भएको छ भने दर्जनौ घाईते भएको छ ।

पश्चिमबाट पूर्व तिर आउदै गरेको ना.४ ख ४८२५ नं. पृथवी यातायात र पूर्वबाट पश्चिम तर्फ गैइ रहेको बा.४ ख ३९४० नं. मिनि ट्रक एक आपसमा ठोकिदा उक्त घटना भएको छ ।

घाईते सबैको उपचार फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा भई रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले जानकारी दिनु भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले आफै उद्यार कार्यमा लागेका छन् ।

दुर्घटना बारे थप विवरण आउन बाकी रहेको छ ।