मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

alt
  • मंसिर ८, २०७५
  • ९१ पटक पढिएको
  • ब्लाष्ट खबर

रासस।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेलधुरा र दार्चुला जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका बस दुर्घटनाबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री भट्टले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको उपचारमा कुनै कमजोरी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

आगामी दिनमा सडक दुघर्टना हुन नदिन आवश्यक कार्ययोजना बनाई प्रदेश सरकारबाट लागू गरिने पनि प्रेस विज्ञप्तिमा जनाइएको छ । बिहीबार राति डडेलधुराको केआईसिंह राजमार्गअन्तर्गत पर्ने रडुवाखोला सडक खण्डमा से१क २९२ नंको स्कूल बस दुर्घटनाबाट १८ जना र दार्चुलाको मालिकार्जुनमा म१ख ४३६ नंको बस दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । 

उदयपुरमा पिक्निक गए ...

उदयपुर / उदयपुरको चिम्चुङ्बुङमा पिक्नीक खाएर फर्कन ...

अपराधमा वारीपारीकाे ...

दमक /  भारतको विहारसँग जोडिएको झापासहित पूर्वी त ...

अक्षयकोष स्थापना ...

तेह्रथुम / नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले पत ...

दुर्घटनामा ३ दिनकी स ...

पाल्पा / सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका&nda ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved