राजविराज / बस दुर्घटनामा पाँच जना तिर्थयात्रीको मृत्यु भएको शोकमा आईतवार सप्तरीका सवै स्थानिय तह बन्द गरिने निर्णय भएको छ । मृतक परिवारलाई क्रिया खर्च वापत २÷र२५ हजारको दरले उपलब्ध गराउने निर्णय समेत भएको डाक्नेश्वर नगरपालिकाका मेयर शिवनारायण साहले जानकारी दिए ।
सुनसरीको वराह क्षेत्रधाम दर्शन गरेर फर्केका यात्रु वोकेको को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।
शुक्रवार राति भएको दुर्घटनामा परि डाक्नेश्वरी नगरपालिका वडा नं। ५ की ७० वर्षीया वेचनी देवी यादव, २ की ६० वर्षीया शिकिला देवी साह, ४ का ५५ वर्षीय दिनेश रजक, सोहि वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नंं।५ की वर्षीया ६० भुखनी देवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४८ जना यात्रु घाईते भएका छन् । घाइतेमध्ये गम्भिर भएका १४ जनालाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगर स्थित नोवेल र न्यूरो अस्पतालमा उपचार भईरहेको छ । अन्य ३४ जनाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख
दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले एक÷एक लाख रुपैया राहत स्वरुप दिने भएको छ ।
दुर्घटनामा घाईते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जली दिन शनिवार सप्तरी आएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई प्रतिपरिवार एक÷एक लाख रुपैया राहत स्वरुप दिने दिने घोषणा गरेका छन् । यसकासाथै घाईते भएकाहरुको उपचारमा लाग्ने खर्च समेत प्रदेश सरकारले व्यर्होने मन्त्री यादवले जानकारी दिए ।