रासस/सिन्ह्वा: सुरक्षाफौजको कारबाहीमा अफगानिस्तानमा सक्रिय लडाकू समूह इस्लामिक स्टेट ९आइएस०का एकजना प्रवक्ता मारिएका छन् ।

पूर्वी नान्गारहारमा आइएसका प्रवक्ता एवं प्रचार प्रमुख सराफात साफाकको मृत्यु भएको सरकारी सेनाको तर्फबाट आइतबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

अफगानिस्तानको डेह बाला जिल्लामा भएको सुरक्षा कारबाहीका क्रममा ती प्रवक्ताको मृत्यु भएको हो ।

प्रवक्ताको मृत्यु भएको बारेमा अरु थप विवरण नदिए पनि यस्ता सुरक्षा कारबाही भने देशभरी नै आक्रामकरुपमा जारी रहेको सेनाले जानकारी दिएको छ ।

आफ्ना प्रवक्ता मारिएको सेनाको दावीका बारेमा आइएस लडाकूका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।