धरान / युवाहरूको एक समुहले धरान  २० स्थित चिण्डेडाँडाबाट फर्कदै गरेका रेडियाे धरानका बजार व्यवस्थापक विकी श्रेष्ठलाइ सोमबार साँझ आक्रमण गरेका छन ।

सोमबार वेलुकी सवा ८ वजे धरान १३ स्थित  झोलुङे पुल छेऊमा ७ ।८ जनाको नचिनेका युवाहरुको समुहले पछाडिबाट आक्रमण गरेको रेडियो धरानका स्टेशन मेनेजर शिशिर राईले जानकारी दिए ।

उनका अनुसार उद्यमशील वचत तथा ऋण सहकारी सस्था लिमिटेड धरानको वार्षिक साधारण सभाको धरान २० स्थित चिण्डे डाँडाबाट समिक्षा कार्यक्रम सकेर फर्कने क्रममा श्रेष्ठमाथि एक्कासी पछाडीबाट आक्रमण भएको हो । उती युवाहरुले वियरको वोतल प्रहार गरेका थिए । वोतल प्रहारबाट श्रेष्ठको टाउकोको दाहिने भागमा चोट लागेको छ । उनको अवस्था भने सामान्य रहेको  छ । सहकारिकाे टिमै भएकाले प्रतिकार गर्न खाेज्दा उनीहरुले खुकुरी प्रहार गर्ने प्रयास गरेकाे राईले जानकारी  दिए । 

घट्ना लगतै प्रहरी घटनास्थल पुगेको छ। आक्रमणकारी भागेकाले प्रहरी चारैतिर खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । श्रेष्ठ औजार दैनिक धरानमा मार्केट शाखामा काम गर्छन भने रेडियो धरानका वजार व्यवस्थापक समेत हुन् ।