सिरहा । सिरहाको विष्णुपुर गाँउपालिकोको दोस्रो नगरसभा आज सम्पन्न भएको छ । गाँउपालिकाले चालु आर्थिक वर्ष २०७५।०७६ को अनुमानित बजेट सार्वजानिककरण गरेका हुन । गाँउपालिकाले चालु आर्थिक वर्षको लागी चालु तथा पूंजिगत खर्च अन्र्तगत १६ करोड ९६ लाँख १६ हजार ९ सय ३१ रुपैया सार्वजानिक गरेका हुन ।

आज गाँउपालिकामा भएको दोस्रो नगरसभाबाट गाँउपालिका भित्र प्रत्येक वडा लाई ३०/३० लाँख रुपैया विनियोजन गरेका छन् । गाँउपालिकाबाट ठुलो योजनाहरु संचालन गर्ने लक्ष्य रहेको छ । गाँउपालिकाले दोस्रो नगरसभाबाट शिक्षा,स्वास्थ ,कृषि,सडक लगायतका साना ठुला योजनाहरु संचलान गर्ने लक्ष्य लिएको गाँउपालिका प्रमुख जागेश्वर यादबले बताए ।

शिक्षा सुधारमा जोड
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालय’को रुपमा स्तोरोन्नती गर्ने योजना रहेको विष्णुपुर गाँउपालि मेयर जागेवर यादबले बताए ।

मेयर यादबले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन । आज भएको गाँउसभाका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले गरेका थिए । उपमेयर अरहुला देवि सिंहले स्वागत मन्त्वय राखेको सार्वजनिकीकरणमा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादबले नीति, योजना, कार्यक्रम सहितको बजेट प्रस्तुत गरेका थिए ।

सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्षहरु गोपिन्द्र यादव,रामइश्वर यादब,जयकुमार यादब,राजकुमार यादब,कपिल देव यादब साथै उक्त कार्यक्रममा नागरिक समाज,राजनितिक दलका प्रतिनिधि लगायतका स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।