पाँचथर /  जिल्लाको हिलिहाङ गाउँपालिका २ र ४ को सिमावर्ती क्षेत्र पिनासीघाटदेखि तेह्रथुम–पाँचथर सिमाना माझिटारसम्म तमोर नदीमा -याफ्टिङ सेवा सुरु भएको छ ।
जलयात्रामा रमाउन चाहनेहरुका लागि फिदिमस्थित तमोरभ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिले -याफ्टिङ सेवा सञ्चालनमा ल्याएको हो । एड्भेन्चर रिभर ट्रेल्सको प्राविधिक सहयोगमा ¥याफ्टिङ सेवा सञ्चालनमा ल्याइएको प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र तुम्बापोले बताए । सात वर्ष लामो अनुभव संगालेका गाइड राजन थापा मगरको नेतृत्वमा -याफ्टिङ सेवा प्रदान गरिंदै आएको हो ।

Ryafting ज् पिनासीघाट–माझिटार १२ किलोमिटर दुरी पार गर्न करीब तीन घन्टा लागेको ¥याफ्टिङदेखि फर्केपछि फिदिम–२, साम्दिनका फ्रेडरिच तुम्बापोले बताए । उनले भने– ‘पहिलोपल्ट भएर होला, रोमाञ्चकता, कौतुहलतासँगै थोरै–थोरै डर पनि लाग्यो, समग्रमा धेरै रमाइलो भयो ।’ हाललाई दश जना क्षमताको बोट मार्फत हरेक दिन एकपटक -याफ्टिङ गराइदै आइएको छ ।
फिदिमदेखि मेची राजमार्ग हुँदै हिलिहाङ–१, भालुचोकदेखि कच्चि बाटो भएर पिनासीघाट पुगिन्छ । फिदिम–पिनासी ६१ किलोमिटर र माझिटार–फिदिम दश किलोमिटर यातायात सेवा पनि तमोरभ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रा.लि.ले नै दिंदै आएको प्रबन्ध निर्देशक तुम्बापोले बताए । यातायात र ¥याफ्टिङ गरी प्रतिब्यक्ति तीन हजार रुपैंयाँ टिकट लिंदै आएको उनले बताए ।
¥याफ्टिङको क्रममा नदी वारि–पारिका दृष्यहरुमा रमाउदै जलयात्राको भरपुर आनन्द लिन सकिन्छ । -याफ्टिङको अनुभव संगालिसकेका सञ्चारकर्मी बिपुल अधिकारीले भने– ‘सुरुमा सामान्य डर र कौतुहलता हुनु स्वभाविकै हो, तर यात्रा सुरु भएपछि बढो आनन्द आउँछ

Ryafting Photo 3

 ।’ नेपाल सरकारले तमोर नदीमा जलयात्रा गर्न मिल्ने अनुमति दिएको १६ बर्षपछि व्यवसायिक रुपमा -याफ्टिङ सेवा सञ्चालनमा आएको हो ।
सन् १९९७ मा ताप्लेजुङको दोभानदेखि सुनसरीको चतरासम्म तमोर नदीमा जलयात्राको लागि सर्वे भएको थियो । नेपाल एशोसिएनशन अफ् ¥याफ्टिङ एजेन्सीका पूर्व अध्यक्ष गोपाल खरेलका अनुसार सोही सर्वेको प्रतिवेदनलाई आधार मान्दै नेपाल सरकारले सन् २००२ मा तमोर नदीमा जलयात्राको अनुमति दिएको थियो । तर बिदेशीहरुले कहिलेकाँही -याफ्टिङ गर्नु बाहेक डेढ दशकभन्दा लामो समयसम्म व्यवसायीक जलयात्रा सुरु हुन सकेको थिएन । 

तस्विरः सन्देश सुब्बा