विजयपुर / इटहरीको ब्यस्त बजारमा बुधबार दिउँसो एक्टिभ मनि ट्रान्सफरमा लुटपाट भएको छ । प्रतिकारमाउत्रिएका संञ्चालक सविन दाहालमाथि ती लुटेराले छुरासमेत प्रहार गरेका छन् ।
छुरा प्रहारबाट घाईते भएका दाहालको धरानस्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुई जनाको समुहमा मुखमा माक्स लगाएर आएका व्यक्तिले छुरी देखाएर लुटपाट गरेका थिए । प्रतिकार गर्दा दाहाललाई छुरी हानेका थिए ।
घाईते दाहालका अनुसार दुई जना आएको र पैसा लिनु छ भनेका थिए । नंम्बर गोजीबाट झिके जस्तो गरेर र एक्कासी छुरी देखाएर पैसाले भनेको थियो । पैसा दिन नमान्दा छुरी हानेर काउन्टरको पैसा लिएर मोटरसाईकलमा डिहेको उनले बताए ।  उनीहले ३ लाख ५० हजार पैसा लगोको दाहालले बताए ।  दाहालको बाँया छाती र  दाहिने हातको बुढी औलामा चोट लागेको छ ।